श्रम मन्त्रालयमा कल सेन्टर स्थापना, वैदेशिक रोजगारमा देखिएका समस्या तत्काल सम्बोधन गर्ने प्रतिबद्धता

काठमाडौं – श्रम मन्त्रालयमा ‘कल सेन्टर’ को स्थापना गरिएको छ । वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गर्ने गरी ‘कल सेन्टर’ को स्थापना गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गर्नु भएको हो । कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई […]

सेयर बजारमा सुधार,कति अंकले बढ्यो नेप्से ?

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ । नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनील लगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् । बजार खुलेसँगै कुमारी इक्वीटी फन्ट, […]

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको सोमबार बस्ने आह्वान गरिएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि आह्वान भएको बैठक स्थगित भएको जानकारी दिनुभएको छ । सोमबार दिउँसो १ बजे बस्ने आह्वान गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संसद सचिवालयले जनाएको छ।

तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने गाउँपालिका अध्यक्षको घोषणा

सुर्खेत– दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शंका गर्दै उहाँले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था […]

दूधको मूल्य तत्काल वृद्धि गर्न किसानको माग

काठमाडौँ। दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाई सकेको छ तर अझै त्यो कार्यान्वयमा नआएको प्रति किसानसँग सम्बन्धित संघ संस्थाले आपत्ति जनाउँदै सो माग गरेको हो । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले एक विज्ञप्ति जारी […]

मोरङमा ६६ हजार मतदाता थपिए ,मतदाता नामावली सङ्कलन जारी रहने

मोरङ–मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । विसं २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म सो संख्यामा मतदाता थपिएका हुन् ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिङ्गी चार जना थपिएका छन् । जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत महिला तीन […]

शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको देउवाको भनाई

काठमाडौं । राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्य–तथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ । आज शहिद दिवसको अवसरमा लैनचौरमा आयोजना भएको एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्य–तथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताउनु भएको हो । शहिद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी संकलन […]