काठमाडौँ –आइतबार सुनको मूल्य थप ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार अधिकतम तोलामा ९०० रुपैयाँले घट्दै ९२ हजार ६०० मा झरेको सुनको मूल्य थप आज ४०० रुपैयाँले घटेको हो ।घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, आज […]
काठमाडौँ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि […]
काठमाडौँ – आज माघ १६ गते अर्थात सहिद दिवस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज विविध कार्यक्रम गरी देशभर सहिद दिवस मनाइँदै छ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं […]
काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुसु–कुहिरो लागेको छ । त्यस्तै दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने आंशिक बदली […]
काठमाडौं -आज (आइतबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेका लागि सारिएको हो । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो । […]
काठमाडौं – प्रतिनिधिसभाको बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । त्यसअघि सभामुख अग्नी प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गर्नु भएको छ । बैठक आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको हो । त्यस्तै, आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘शहीद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने, […]
काठमाडौं – सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको हो । सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ […]