कोरोना भाइरसको संक्रमण घट्दो,उपत्यकामा थप १८२० कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १८२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४०४ जना, भक्तपुरमा १११ जना र ललितपुरमा ३०५ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गरः सचिव भट्टराई

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । गठबन्धनको सरकारले संविधान र लोकतन्त्रलाई मास्न खोजेको प्रति संकेत गर्दै सचिव भट्टराईले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नु भएको हो । उहाँले आज आफ्नो सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संविधान र लोकतन्त्राको रक्षाको लागि निर्वाचन अपरिहार्य […]

स्थानीय निर्वाचनको विषयमा सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं – स्थानीय तहको निर्वाचनको विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । यसअघि शनिबार विहान छलफल भएपनि सहमति जुट्न नसकेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक फेरि बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता […]

ऐन संशोधन नगरौं, तत्काल स्थानीय निर्वाचन गरौं : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव गर्नुभएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको हो । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय […]

नेपालमा थप ४९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमण देखिएको छ । शभर गरिएको १० हजार १०१ पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको […]

स्थानीय तहको चुनाव तत्काल घोषणा गर्न अखिलको माग

काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले समयमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अध्यक्ष सुनीता बरालले एक विज्ञप्ति जारी गर्दै निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्नु भएको हो । स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ७ मा समाप्त हुने स्मरण गराउँदै अध्यक्ष बरालले संविधानले स्थानीय सरकारमा […]

युवा संघको आयोजनामा उपत्यकाका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालको सप्ताव्यापी रक्तदान अभियान अन्तर्गत शनिबार उपत्यकाका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएका छन् । कोरोनाको कारण देशमा भइरहेको रगत अभावलाई पुर्ती गर्ने उद्देश्यले युवा संघले सप्ताव्यापी रक्तदान कार्यक्रम आयोजना गरिरहेको हो । कार्यक्रम युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख अतिथ्यतामा भएको हो । राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता […]