सत्तारुढ गठबन्धनको बैठक सकियो, अपरान्ह पुनः बस्ने

काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको हो । स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित भए पनि सहमति जुट्न नसकेपछि आन्तरिक छलफलपछि निर्णयमा […]

विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा सेल फोन चलाउन रोक

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोवाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी हावर’ को वेला ‘मोबाइल चलाउनमात्र नभइ साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन […]

सरकारविरुद्ध युवा संघको विभिन्न जिल्लामा विरोध प्रदर्शन

काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध विभिन्न जिल्ल्लामा विरोध प्रदर्शन गरेको छ । युवा संघले स्थानीय तहको निर्वाचन मिति घोषणा तथा अन्य  विभिन्न माग राख्दै वर्तमान पाँच दलीय गठबन्धन सरकारविरुद्ध विभिन्न जिल्लामा प्रदर्शन गरेको हो । ‘रेणु कुमारी यादवलाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, लिपुलेक, […]

सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइयो (आदेशसहित)

काठमाडौँ – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । उता निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र […]

शैक्षिक संस्था माघ मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाण्डौ – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । आज शुक्रवार बसेको सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको हो । त्यस्तै, आज बसेको सीसीएमसीसीको बैठकले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन […]

ट्याक्सी र निजीबाहेकका सवारीमा जोर बिजोर हटाउन सिफारिस

काठमाडौं –  कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको सीसीएमसी बैठकले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै जोरबिजोर प्रणाली हटाउने निर्णय भएको हो । […]

रात्रीकालिन ब्यवसाय सञ्चालन गर्न दिन ब्यवसायीको माग, नदिए सडक संघर्षमा उत्रने चेतावनी

काठमाडौं – रात्रीकालिन व्यवसायीहरुले ब्यवसाय संचालन गर्न दिन माग गरेका छन् । उनीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजना गर्दै व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए लार्खौ व्यवसायी र मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी […]