सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउनु भएको छ । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक शुक्रबार ११ बजे भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनु भयो । कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक […]

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं- आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । साताको पाँचौ दिन सुनचाँदीको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ […]

मन्त्रिपरिषद् बैठकका ८ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौं – मन्त्रिपरिषद् बैठकका ८ वटा निर्णय सार्वजनिक भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गर्नु भएको हो । बैठकले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु। दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको […]

थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि,५ जनाको मृत्यु

काठमाँडौ- पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ […]

बागलुङमा दोस्रो लामो पुल बन्ने ,सर्वसाधारणलाई आवतजावत गर्न सहज हुने

बलेवा–‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो ५६७ मी लामो पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको हो । बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ […]

चितुवाले घरपालुवा जनावर खान थालेपछि स्वचालित क्यामेरा जडान

कञ्चनपुर– चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक बन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ । चितुवामाथि निगरानी राख्नका लागि दुईवटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो । “चितुवाको बासस्थान र प्रजाती पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेका छौं”, उहाँले भन्नुभयो, मार्ने […]

काठमाडौंमा मनाइयो भारतको ७३औं गणतन्त्र दिवस

काठमाडौँ – भारतको ७३औं गणतन्त्र दिवस काठमाडौंस्थित भारतीय राजदूतावासमा पनि मनाइएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरे ।