आजदेखि निर्वाचन कार्यालयका सेवा स्थगित

कञ्चनपुर– जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले कोरोनाको संक्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत् कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको र अन्य कर्मचारीमा समेत कोरोनाका लक्षण देखापरेको हुँदा सेवा स्थगन गरेको जनाएको छ । अर्को सूचना प्रकाशित […]

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक तथ्यांक तयार, भोलि सार्वजनिक गरिने

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक तथ्यांक तयार गरेको छ । विभागले तयार पारिएको तथ्यांक भोली सार्वजनीक गर्ने भएको छ । नेपालको संविधान २०७२ सालपछि मुलुकमा भएको यो पहिलो जनगणनाको प्रारम्भिक नतिजा भोलि सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनु भयो । जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि […]

बीस देशमा राजदूत खाली

काठमाडौँ – विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कूटनीतिज्ञहरूको छ । विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल […]

संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य नहुने कोइराला समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गर्नु भएको छ । छलफलले संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य नहुने निष्कर्ष निकालेको छ । छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, डा.रामशरण महत र बलबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो । बैठकमा बोल्ने अधिकांश नेताहरुले संविधानअनुसार निर्वाचन गरिनुपर्ने […]

टेकु अस्पतालमा स्थगित खोप अभियान आजदेखि पुन: सञ्चालन

काठमाडौं –  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा आजदेखि पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ । कर्मचारीमा कोरोना संक्रमण लागेपछि एक साताका लागि स्थगित गरिएको खोप अभियान आज (मंगलबार) देखि पुन: सञ्चालनमा आउने भएको हो । अस्पतालले आइतबार एक सूचना प्रकाशित गर्दै सोमबारदेखि ७ दिनका लागि स्थगित गरेकोमा सोमबार अस्पतालले अर्को विज्ञप्ति जारी […]

कोरोना विरुद्धको १६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइपुग्यो

काठमाडौँ । कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ । सरकारले मोर्डना खोप १२ देखि १७ […]

नेपालमा थप १० हजार ३१९ जना कोरोना संक्रमित, ४ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा १०३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ८०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२६५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। […]