काठमाडौँ – नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन आइओसी लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको हो । निगमले आज आइओसीलाई रु १३ अर्ब २० करोड पठाएको छ […]
काठमाडौं– सोमबारबाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ । २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका […]
काठमाडौं – ललितपुर महानगरपालिकामा अत्यावश्यकबाहेका सबै सेवा बन्द गरिएको छ । कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि महानगरले सोमबारदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको हो । महानगरले एक सूचना प्रकाशित गर्दै संक्रमित महानगरका कर्मचारी उपचार एवं होम आइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नुपरेको जनाएको हो । अत्यावश्यकबाहेका सेवा आगामी शुक्रबारसम्मका लागि बन्द गरिएको हो […]
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार बजारमा सुनचाँदीको मूल्य यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि यथावत् रही सोही मूल्यमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि […]
काठमाडौं – गैर आवासीय नेपाली संघमा आगामी कार्यकालका लागि महासचिव पदका उम्मेदवार विनय अधिकारीले अब पनि चुनाव रोक्ने र नगर्ने छुट कसैलाई नभएको बताउनु भएको छ । महासचिवका उम्मेदवार अधिकारीले गैर आवासीय नेपाली संघको इतिहासमा पहिलो पटक यती धेरै विवाद भएको र अब विवाद गरिरहने तथा निर्वाचन नगर्ने छुट कसैलाई नभएको बताउनु भएको हो । […]
काठमाडौं – गृह मन्त्रालयले खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान नपाउने निर्णय संशोधन गरेको छ । यसअघि कोरोना महामारीको बढ्दो संक्रमणका कारण सरकारले माघ १० बाट खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको थियो । तर, आज अर्को विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले आफ्नो निर्णय संशोधन गरेको हो । भिजिट भिसामा जान […]
काठमाडौं – नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नेपालमा अवैध भएको जनाएको छ । नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको बैंकले जनाएको हो । बैंकले भर्चुअल करेन्सी÷क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल÷क्रिप्टो करेन्सीले कानूनी […]