राप्रपाले भन्यो – निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरित भएको बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले आयोगविरुद्ध कानूनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचन आयोगले भन्दैमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर नजाने बताउनुभयो […]

टेकु अस्पतालमा कोरोनविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोनविरुद्धको नियमित खोप कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि कोरोनविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको हो । अस्पतालले आइतबार सूचना जारी गर्दै खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले माघ १६ गतेसम्मका […]

डाक्टरको परीक्षामा नक्कली परिक्षार्थी, तीन जना पक्राउ

काठमाडौं – चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडि/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने तीन जना पक्राउ परेका छन् । परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार […]

नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार […]

यस्तो छ एमाले अध्यक्ष ओलीले जारी गरेको १५ बुँदे बक्तब्य (पूर्णपाठसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ बुँदे बक्तब्य जारी गर्नु भएको छ । अध्यक्ष ओलीले आज १५ बुँदे वक्तव्य जारी गर्दै स्थानीय तहको निर्वाचनका सन्दर्भमा कुनै पनि अलमल, धोखा र बहानाबाजी आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउनु भएको हो । जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताउँदै ओलीले निर्वाचन पर […]

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओलीसहित उहाँको पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको हो । ओली दम्पत्तिले पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा बस्नु भएको छ । त्यस्तै, अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने भनिएकोमा […]

वैदेशिक रोजगारीमा कोरोना प्रभाव, विदेश जाने घटे

काठमाडौँ – पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ । नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा पुस महिनामा साढे १० हजारले घटेको हो । मङ्सिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुस महिनामा […]