नेपालमा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ७ सय ६६ जना संक्रमणमुक्त हुँदा ३ लाख ७ हजार ४ सय १ जनाले कोरोनाविरुद्धको खोप […]

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौं – नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले कोभिड १९ को कारण यसअघि तय गरिएका अधिवेशन स्थगित भएको जनाएको हो । यसअघि माघ १५ गते जिल्ला अधिवेशन तय गरिएको थियो । कांग्रेसले एक सूचना प्रकाशित गर्दै जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । ‘कोभिड […]

सवारी साधनमा जोर बिजोर लागू गर्ने निर्णय फीर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौं– यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारी निर्णयको विरोध जनाएका छन् । ब्यवसायीले जोर बिजोर प्रणालीको विरोध गर्दै निर्णय फीर्ता लिन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले […]

व्यक्तिहत्याको धम्की दिने मन्त्री यादवलाई तत्काल पदमुक्त गर्न नागरिक समाजको माग

काठमाडौं  –  नागरिक समाजका अगुवाहरुले व्यक्तिहत्याको धम्की दिने भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । नागरिक अगुवाहरु डा. केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनिश्वर आचार्य र कनकमणि दिक्षितले नागरिक अपिल जारी गर्दै मन्त्री यादवलाई तत्काल पदमुक्त गर्न माग गरेका हुन् । नागरिक अपिलमा भनिएको […]

राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवा

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । देउवाले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । गत असार २९ गते प्रधानमन्त्री बन्नु भएको देउवाले ६ महिना पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । साथै कोरोना महामारीको संकट, स्थानीय तहको निर्वाचन वा संघीय चुनावको विषयमा […]

बढ्यो सुनको मूल्य

काठमाडौं – साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ […]

लेखापरीक्षण प्रतिवेदन नबुझाउने तीन वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले तीन वटा राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ । आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै तीन दलको दर्ता खारेज गरिएको जनाएको हो । खारेज हुनेमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका तीन दल छन् । उनीहरुले लेखापरीक्षण प्रतिवेदन नबुझाएको आयोगले जनाएको छ । आयोगका […]