पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कांग्रेस केन्द्रीय सदस्य काफ्लेको माग

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य  तथा नेविसंघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकासँग माग गर्नु भएको छ । काफ्लेले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाउँदै तत्काल मूल्यवृद्धि फीर्ता लिन सरकारसँग माग गर्नु भएको हो । पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारले आयल निगमलाई निर्देशन दिन समेत काफ्लेले आग्रह गर्नु भएको […]

काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौं – काठमाडौ उपत्यकामा जोर बिजोर लागू गर्ने निर्णय भएको छ ।  कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने […]

थ्री स्टार हाइड्रोपावरको उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

खोटाङ – थ्री स्टार हाइड्रोपावरको उत्पादन शूरु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको साप्सुखोलास्थित बेलडाँडामा थ्री स्टार हाइड्रोपावर लिमिटेड भक्तपुरले निर्माण गरेको ६.६ मेगावटको अर्ध जलाशययुक्त हाइड्रोपावरको उत्पादन शूरु भएको हो । खोटाङको ६ दशमलव ६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिएको छ । हलेसी तुवाचुङ […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे जस्तोसुकै प्रतिकारमा उत्रने विद्यार्थी संगठनको चेतावनी

काठमाडौं – विभिन्न ७ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । आज संयुक्त विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नगरे मुल्यवृद्धिविरुद्ध जस्तोसुकै प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् । साथै देशैभरिका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आव्हान समेत गरेका छन् । संयुक्त विज्ञप्ति नेपाली […]

नेपालमा एकै दिन थपिए १२ हजार ३३८ जना कोरोना संक्रमित

काठमाडौं – नेपालमा एकै दिन १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ […]

यस्तो छ राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।

सत्तारुढ गठबन्धनलाई महेश बस्नेतको २३ प्रश्न

भक्तपुर – एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले सत्तारुढ गटबन्धनलाई २३  प्रश्न गर्नु भएको छ । विभिन्न विषय उठाउँदै नेता बस्नेतले २३  प्रश्न गर्नु भएको हो । नेता बस्नेतले सामाजीक सञ्जालमा ब्यक्त गर्नु भएको भनाई जस्ताको तस्तै :- छ महिना अगाडि सर्वोच्च अदालतको आडमा परमादेश पाएर पाँच दलीय गठबन्धनरुपी देउवा सरकार बनिरहदाँ मित्रहरुको ठूलो […]