यी हुन् ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण

अध्ययनले ओमिक्रोन संक्रमितहरुमा देखिएका लक्षणहरु संकलन गर्ने क्रममा निम्न २० लक्षण देखा परेका छन् १. टाउको दुख्ने २. नाकबाट पानी बग्ने ३. थकाइ ४. हाच्छ्युँ ५. घाँटी खसखस हुने ६. खोकी लाग्ने ७. कर्कश आवाज ८. जाडो लाग्ने वा शरीर काँप्ने ९. ज्वरो १०. रिंगटा लाग्ने ११. मस्तिस्कमा सामान्य असर। जस्तै केही कुरा भुल्ने, एकाग्र […]

भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं – भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतमा झण्डै ८ महिनापछि ३ लाख भन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् । यस्तै, गत २४ घण्टामा […]

बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस

काठमाडौं –  काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घण्टापछि मात्र अवतरण भएको छ । बुद्ध एयरका अनुसार काठमाडौंबाट ७ः४४ बजे उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण […]

एकैदिन एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं-  बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार १ हजार रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ कायम भएकोमा बिहीबार ९३ हजार […]

सूर्यविनायक नगरपालिकामा यी ११ खोप केन्द्रबाट लगाइँदैछ कोरोना विरुद्ध खोपको ‘बूस्टर डोज’

भक्तपुर – सूर्यविनायक नगररपालिकाले काभिड १९ विरुद्ध खोपको ‘बूस्टर डोज’ बिहीबारबाट लगाउने भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विक्रम मगरले आज एक सूचना जारी गर्दै बिहीबारबाट खोपको ‘बूस्टर डोज’ लगाइने जनाएको हो । नगरपालिकाभित्रका अग्रपत्तीमा खटिने र ६० वर्ष देखि माथिका नागरिकलाई कोभिडशिल्ड, एस्टाजोनिक र भेरोसन खोपको दोस्रो मात्र लगाएको ६ महिना पूरा गरेकालाई […]

सुशील भट्टराईलाई आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

काठमाडौं – सुशील भट्टराईलाई नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिइएको हो । भट्टराई निगमका नायव कार्यकारी निर्देशक हुनुहुन्छ । गोपाल खड्का पदमुक्त भएपछि उहाँले करिब १५ महिना निगमको निमित्त कार्यकारी निर्देशकको […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३–३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यमा प्रतिलिटर […]