एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति गठन, संयोजकमा नारायण कँडेल

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ । अल्डरसटस्थित आफ्नै कार्यालयमा बसेको दोस्रो प्रत्यक्ष बैठकले कानूनी तथा परामर्श तथा विधान समिति गठन गरेको हो । बैठकले उपाध्यक्ष नारायण कँडेलको संयोजकत्वमा सदस्यहरु सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी सम्मिलित समिति गठन […]

सरकारले घटायो पीसीआर शुल्क, अब सरकारीमा ८ सय, निजीमा १५ सय

काठमाडौं– सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। निजी प्रयोगशालाहरुमा कोरोना परीक्षणको शुल्क यसअघि २ हजार रुपैयाँ थियो। सरकारी अस्पताल तथा प्रयोशालाहरुमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको निशुल्क हुनेछ। अन्यको हकमा भने […]

एकै दिन थपीए ११ हजार ३५२ जना कोरोना संक्रमित

काठमाडौँ ।  थप ११ हजार ३ सय ५२ जनामा कोरोना (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ जना रहेका छन । त्यस्तै आज ६ सय १३ जना डिस्चार्ज भएका छन […]

गैर आवासीय नेपालीहरुको लगानीमा नेपालमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा आउँदै, हालसम्म २६ सयले गरे दर्ता

काठमाडौं – गैर आवासीय नेपालीहरुको  लगानीमा नेपालमा ‘ई-क्याब’ सेवा सञ्चालनमा आउँन लागेको छ । बेलायतमा सफल नेपाली ब्यवसायीहरु दिपक श्रेष्ठ, सन्तोश मण्डल, सजनी लामा र रबट बिश्वकर्माले नेपालमा ‘ई-क्याब’ ट्याक्सी सेवा सञ्चालनमा ल्याउन लाग्नु भएको हो । ई-क्याब’ नेपालले यही जनवरी २१ मा आफनो सेवा शूरु गर्न लागेको हो । ‘ई-क्याब’ नेपाल प्रा.लि.का अध्यक्ष दीपक […]

कोरियन डेमोक्रेटिक पार्टी आप्रवासी समितिको संगठन विभाग प्रमुखमा यज्ञराज सुवेदी नियुक्त

सियोल– गैर आवासीय नेपाली संघ कोरियाका निवर्तमान अध्यक्ष यज्ञराज सुवेदी कोरियन डेमोक्रेटिक पार्टी आप्रवासी समितिको संगठन विभाग प्रमुखमा नियुक्त हुनु भएको छ । सुवेदीलाई आज बसेको सो पार्टीको बैठकले आप्रवासी समितिको संगठन विभाग प्रमुखमा नियुक्त गरेको हो । सुवेदी एनआरएनए एसिया प्याशिफिक क्षेत्रको क्षेत्रीय उपसंयोजक पदको उम्मेदवार समेत समेत हुनुहुन्छ । सवेदीले आफूलाई नियुक्त गरेकोमा […]

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए १० हजार २५८ संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घन्टामा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ९ लाख ६८ हजार २ सय १५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ५ सय ६२ […]

निर्धारित समयमै निर्वाचन गर्न सत्तारुढ दलहरूबीच सहमत

काठमाडौँ – सत्तारुढ दलहरू निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […]