कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी

काठमाडौं । सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । सरकारले अब सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा पनि रोक लगाउने निर्णय गरेको छ। […]

आज माघे (मकर) सङ्क्रान्ति पर्व मनाइदैँ

काठमाडौं – आज माघ १ गते अर्थात मकर (माघे) सङ्क्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । […]

इच्छाकामना गोरखा समाज गठन, संयोजकमा बामदेब देवकोटा

मुग्लिन –  चितवनको इच्छाकामनामा गोरखा समाज गठन गरिएको छ । गोरखाबाट चितवनमा आई बसोबास गर्नेहरुको भेलाले आज बामदेब देबकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । अन्तराष्ट्रिय ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारी र बिनोद बग्दासको नेतृत्वमा सम्पन्न भेलाले समिति गठन गरेको हो । भेलाले सदस्य सचिवमा दिपा परियार ,सदस्यहरुमा बिनोद बाग्दास, बिष्णु अर्याल […]

लिपुलेक प्रकरणमा कांग्रेसले सार्वजनीक गर्‍यो आधिकारिक धारणा, भन्यो – लिपुलेकमा सडक निर्माण गर्नु आपत्तिजनक

काठमाडौं – लिपुलेक प्रकरणमा नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनीक गरेको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताउँदै कांग्रेसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको […]

केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दले

काठमाडौं –  काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै शर्मालाई विद्यार्थीले कालोमोसो दलेका हुन् । पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बोधन गरेका थिए । शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका हुन् । कालोमोसोले […]

बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

काठमाडौँ– बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छुट्याइएको छ । कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ ।आगामी सोमबारदेखि सो आइसोलेसन समय लागू हुने भएको हो । पाँच दिन र छैटौँ दिनको बिहानसम्ममा कोभिड पोजेटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्किन पाउने भएका […]

देशभित्रै रोजगारीका अवसर सिर्जना गरिने :कृष्णकुमार श्रेष्ठ

कास्की– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताउनु भएको छ । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल तथा अन्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी  गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो । श्रेष्ठले उद्यमशीलता को […]