न्यूर्योक – गैर आवासीय नेपाली संघ विवाद समाधान समितिका सदस्य डा.यादव पण्डितले आफूले कुनै सहमति पत्रमा हस्ताक्षर नगरेको बताउनु भएको छ । कुल आचार्य पक्षबाट समितिमा प्रतिनिधित्व गर्नुहुने डा. पण्डितले विभिन्न सञ्जाल र मिडियामा ७ बुँदे सहमति भएको भन्दै आफ्नो हस्ताक्षरसहित समाचार प्रकाशन गरिएकोमा आपत्ति जनाउनु भएको हो । एक विज्ञप्ति जारी गर्दै पण्डितले भन्नु […]
लन्डन । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमणले भयावह रुप लिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको बुधबार जनाएको छ । यससंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ५१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ […]
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर […]
काठमाडौं -आजदेखि मौसम सफा हुँदै जाने भएको छ । दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा घाम लाग्ने भएको हो । केही दिनदेखि नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव आजदेखि हट्ने र बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् । भोलि भने मौसम सामान्य बद्ली भएर केही ठाउँमा बादल लाग्ने मौसमविद्को अनुमान छ […]
काठमाडौँ – थाइल्यान्डको क्षेत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ । यो नियुक्ती २०२१ डिसेम्बर १ देखि लागु भइसकेको छ । बैङ्कक स्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई […]
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। त्यस्तै, २७८ […]
क्युबेक – क्यानडाको क्युबेक प्रान्तमा कोभिड १९ विरुद्ध खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ ।कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो । खोप नलगाउने १० प्रतिशत व्यक्तिका कारण त्यहाँका ९० प्रतिशत व्यक्तिको स्वास्थ्यमा असर गरेको छ । खोपको पहुँच हुँदा हुँदै पनि कतिपय […]