एमालेले पायो ५० जिल्लामा नयाँ नेतृत्व, कुन जिल्लामा को बने ?

काठमाडौं –  नेकपा एमालेले ५० जिल्लामा नयाँ नेतृत्व पाएको छ । नेकपा एमाले प्रचार विभागका अनुसार शुक्रबार ६१ जिल्ला र त्यसपछि अन्य जिल्ला गरी ६५ जिल्लाको अधिवेशन सुरु भएकोमा मंगलबार बिहानसम्म भूगोलतर्फ ५० जिल्ला र दुई गैर–भौगोलिक तर्फको नेतृत्व टुंगिएको छ । एमालेको जिल्ला अधिवेशनमा केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केहीमा मतदानमार्फत […]

आफन्तको स्वागत र बिदाइमा नआउन विमानस्थलको अनुरोध

काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि विमालस्थलले भिडभाडलाई कम गर्ने उद्देश्यले स्वागत र बिदाइमा नआउन भनेको हो । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ । हवाई यात्रु आवागमनको चाप […]

समस्या जस्ताको तस्तै राखेर सर्वपक्षीय सहमति भयो भन्दै भ्रामक प्रचार गरियो : डा. केशव पौडेल

काठमाडौं –  गैर आवासीय नेपाली संघको लागि आगामी कार्यकालका लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले समस्या जस्ताको तस्तै राखेर सर्वपक्षीय सहमति भयो भन्दै भ्रामक प्रचार गरिएकोमा आपत्ति जनाउनु भएको छ । सोमबार विभिन्न ७ बुँदे सहमति भएको बुँदै सहमतिपत्र बाहिरिएपछि डा. पौडेलले समस्या जस्ताको तस्तै राखेर सहमति भयो भन्नू भ्रामक प्रचार भएको बताउनु भयो […]

नेपालमा डलर खाता खोल्न गैर आवासीय नेपालीलाई अर्थमन्त्री शर्माको आह्वान

काठमाडौं -अर्थ मन्त्री जनार्दन शर्माले नेपालमा डरल खाता खोल्न आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताउनु भयो । ‘तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ’, उहाँले […]

एनआरएनए निर्वाचन नहुञ्जेलसम्म अग्रजहरुको नेतृत्वमा तदर्थ समिति गठन गरेर अगाडि बढौ: सोनाम लामा

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले निर्वाचन सम्पन्न नहुञ्जेलसम्मको लागि तदर्थ समिति गठन गरेर अगाडि बढ्न आग्रह गर्नु भएको छ । उपाध्यक्ष लामाले एक विज्ञप्ति जारी गर्दै यथाश्रीघ्र निर्वाचनमा भाग नलिने अग्रजहरुको नेतृत्वमा निर्वाचन सम्पन्न नभए सम्मको लागि तदर्थ समिति गठन गरि अगाडी बढ्नुपर्ने बताउनु भएको हो । तदर्थ समिति गठन गरेर […]

एनआरएनएमा बिचौलियाहरुलाई प्रयोग गरेर संस्था कब्जा गरौंला भन्ने दिवासपना कसैले नदेखे हुन्छ : आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका यूरोप संयोजक तथा सचिव पदका उम्मेदवार नारायण आचार्यले कुल आचार्य टिमबाट कुनै पनि सम्झौता र सहमति नभएको बताउनु भएको छ । आज ७ बुँदे सहमति बाहिरिएसँगै आचार्यले सामाजीक सञ्जालमार्फत कुल टिमबाट कुनै सम्झौता र सहमति नभएको बताउनु भएको हो । कसैले हस्ताक्षर गरेको भए त्यो कुल टिमको नभई ब्यक्तीगत […]

एनआरएनए विवाद: ७ बुँदे सहमतिको पत्र बाहिरियो, केसी र थापा पक्ष उत्साहित, आचार्यको आपत्ति

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै ७ बुँदे सहमतिको पत्र बाहिरिएको छ । बाहिरिएको सहमतिपत्रमा वर्तमान अध्यक्ष कुमार पन्तसहित अध्यक्षका उम्मेदवारहरु डा.बद्री केसी, रविना थापाको हस्ताक्षर भए पनि अध्यक्षका अर्का उम्मेदवार कुल आचार्यको हस्ताक्षर छैन । साथै सार्वजनीक गरिएको सहमतिको विषयमा कुनै आधिकारिक ईमेल वा वेभसाईटमा […]