भारतमा एकै दिन १ लाख ७९ हजारमा कोरोना पुष्टि

नयाँ दिल्ली – भारतमा कोभिड संक्रमण तीव्र गतिमा बढिरहेको छ ।  पछिल्लो २४ घण्टामा एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, संसदका […]

कोरोना संक्रमण बढेपछि आजदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द

काठमाडौं – नेपालमा कोरोना संक्रमण बढेपछि आजदेखि तीन साताका लागि विद्यालय बन्द गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सीसीएमसीले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह […]

आजबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु गरेको छ । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनलाई लागु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम […]

आजदेखि मौसम बिस्तारै खुल्दै जाने

काठमाण्डौ – पर्सिदेखि मौसममा पूर्ण सुधार आउने भएको छ । आजदेखि मौसम बिस्तारै खुल्दै जाने र पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने भएको हो । वाग्मती प्रदेशमा आजैदेखि पारिलो घाम लाग्न थाल्ने र अरु प्रदेशमा भने पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने मौसमविद्ले बताएका छन् । मौसमविदका अनुसार अरु प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभाव पर्सिसम्म नै […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम गरेको छ । सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै राष्ट्र बैंकले युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा तोकेको छ । त्यस्तै, युके पाउन्ड स्टलिङ […]

सार्वजनिक स्थल र आन्तरिक उडानमा कोरोना खोप लगाएको कार्ड अनीवार्य

काठमाडौं – सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड अनीवार्य गरेको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले माघ ३ गतेदेखि लागू हुने गरि खोप कार्ड अनीवार्य गरेको हो । विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा, जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन […]

एनआरएन डलर खाताबारे जानकारी दिन कार्यक्रम हुँदै, अर्थमन्त्री, अर्थसचिव र गभर्नरले सम्बोधन गर्ने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अयाोजनामा नेपाल सरकारले हालै गैर आवासीय नेपाली (एनआरएन) हरुलाई विभिन्न सुविधा सहित डलर खाता खोल्न दिने भनी गरेको निर्णय बारे जानकारी दिन एक उच्चस्तरीय कार्यक्रम हुने भएको छ । कार्यक्रमलाई अर्थ मन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी, संघका केन्द्रीय […]