पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने फ्रन्टलाइनर र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त तेस्रो मात्रा खोप दिइने छ । मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त […]

देउवा र ओलीबीच भेटवार्ता, एमसीसीका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान प्रधानमन्त्री देउवा ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको थियो । भेटमा मुख्य गरी संसद्को अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । एमालेले पार्टीले कारबाही गरेका १४ […]

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उहाँको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहनुभएको छ । चिकित्सकको सल्लाह […]

एनआरएनएको सराहनीय कार्य : मलेसियाको जेलमा रहेका २५ नेपालीको उद्धार

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा जेल जीवन बिताइरहेका २५ जना नेपालीको उद्धार गरिएको छ ।  गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली विहिवार स्वदेश फर्किएका हुन । यसरी फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय […]

कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले शुक्रबार बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकमा राज्यका सम्पूर्ण निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनु भएको हो । नेपालमा शुक्रबार कोरोना संक्रमित ९६८ र ओमिक्रोन २४ जना पुष्टि भएको थियो । […]

नेपालमा एकै दिन थपिए ९६८ जन कोरोना संक्रमीत

काठमाडौं – नेपालमा एकैदिन ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ। यही अवधिमा थप २६२ जना […]

कतार सरकारद्वारा सङ्क्रमणसँग जुध्न ३२ बुँदे सावधानीका उपायहरू जारी

दोहा– कोरोना संक्रमण बढेसँगै कतार सरकारद्वारा संक्रमण नियन्त्रण गर्न ३२ बुँदे कोभिड १९ सावधानीका उपायहरू जारी गरेको छ । कतारका प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको अध्यक्षतामा अमिरी दिवानमा मन्त्रिपरिषद्को नियमित बैठकले यस्तो घोषणा गरेको हो । बैठकले तीव्र गतिमा बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणसँग जुध्न धेरै सावधानीका उपायहरू […]