काठमाडौँ। नेपालमा थप २४ जनाको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ ।
काठमाडौं – गैर आवासीय नेपालीहरुको सहयोगमा सुदुर पश्चिम प्रदेशका लागि खरिद गरिएको एनआरएनएको दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ धनगढी पुगेको छ । धनगढी पुगेको बस १७ जनवरीमा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने भएको छ । विश्वभरि बस्ने गैर आवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बस संघको अधिवेशनको संघारमा हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर संघको अधिवेशन अनिश्चित […]
काठमाडौं – नेपालमा तीन महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् । १२ हजार ९९ जनामा गरिएको परीक्षणमा थप ५ सय ४० जना कोरोना संक्रमण देखिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७१ जना निको भएसँगै कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार ४ सय ४७ पुगेको छ […]
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँहरुबीच आज भेटवार्ता भएको थियो । उहाँहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिका बारेमा छलफल भएका थियो । मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको लडाईमा नेपाललाई […]
न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विभिन्न विभाग र टाक्सफोर्सहरुलाई पूर्णता दिने क्रम जारी राखेको छ । एनसिसी अमेरिकाले विधानको धारा ३६ उपधारा २ बमोजिम विभाग र टाक्सफोर्सहरुलाई पूर्णता दिने क्रम जारी राखेको हो । महासचिव अन्जन कुमार चौलागाईले बुधवार एक विज्ञप्ति जारी गर्दै सचिवालयमा प्राप्त नाम मध्येबाट विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको […]
काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतवार भारत भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिषद्को आज बुधवार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ । पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’ मा भाग लिन भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा […]
काठमाण्डौ – नेपालमा फेरि हिउँदे वर्षा सुरु भएको छ । मङ्गलवार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण हिउँदो वर्षा शूरु भएको हो । अबका आउँदो चार दिन सचेत रहन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले आज बुधवार दिपायलमा सामान्य वर्षा भएको र राति सुदूरपश्चिम, […]