काठमाडौं – सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने भएको हो । मन्त्रायलका प्रवक्ता दीपक शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्देशनलाई बेवास्ता गर्नेलाई खारेजीको चेतावनी दिनु भएको हो […]
काठमाडौं – पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका -३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका-६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका २९ हरिसिद्धी बस्ने सर्लाही […]
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने घोषणा गर्नु भएको छ । शेखर कोइराला समूहका नेताहरुको छलफलमा बुधबार बोल्दै महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन नगर्ने घोषणा गर्नु भएको हो । उहाँले तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्ने […]
काठमाडौँ – पत्रकार किशोर पन्थी अमेरिकाको विश्वविद्यालयले मानार्थ पिएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मानीत हुनु भएको छ । अमेरिकाको सिका युनिभर्सिटीले न्युयोर्क निवासी पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पिएचडीबाट सम्मान गरेको हो । मानवताको भलाइमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेन्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिनु भएको छ । आगामी […]
काठमाडौं – गैर आवासीय नेपाली संघले कोराना भाइरसको ओमिक्रोन भेरियन्ट बारे जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य सम्बन्धी सामाग्री प्रकाशन गरेको छ । संघको स्वास्थ्य समितिका अनुसार एनआरएनए स्वास्थ्य विशेषज्ञहरूले ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी प्रश्नहरु र ती सम्बन्धी विषयमा जवाफ तयार गरेका छन् । गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार […]
काठमाडौं – गैर आवासीय नेपाली संघमा आपसी सहमति, सहकार्य र एकताको प्रयास शूरु भएको छ । लामो समयको विवादपछि अध्यक्ष कुमार पन्तले अध्यक्ष पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर सहमतिका लागि छलफल शूरु गर्नु भएको हो । एनआरएनएमा लामो समयदेखिको विवादका कारण आरोप-प्रत्यारोप चले पनि अहिले भने सबै पक्ष एकै ठाउँमा उभिएका छन् । फेस टू […]
काठमाडौँ – नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन हुनु भएको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो । बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उहाँको नाम प्रस्ताव गर्नु भएको थियो । […]