काठमाडौ -राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार आठ र शनिबार चार वटा दलले दर्ता गराएका हुन् । पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय शनिबार सकिएको छ । दल दर्ता गराउने मध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय […]
काठमाडौं – नेकपा (एमाले) का नेता भीम रावलले एमसीसी संशोधन बिनानै पारित भए मुलुक द्वन्द्वमा फस्ने चेतावनी दिनु भएको छ । नेता रावलले एमसीसी संशोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी दिनु भएको हो । शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै […]
काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले आइतबारबाट सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । आज बसेको पार्टी स्थायी कमिटी बैठकले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको जानकारी दिनु भयो । पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै […]
काठमाडौं – नेपाली कांग्रेसको १४औं केन्द्रीय कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरणपछि पहिलो पटक बसेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । महामन्त्री गगन थापाका अनुसार बैठकले उत्साह, एकता र रुपान्तरणको नारालाई इतिहासले सुम्पिएको दायित्वलाई अझै सुदृढ बनाएर पार्टीको आगामी यात्रालाई अघि […]
विराटनगर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै ओलीले सरकारको धारण के हो भन्ने स्पष्ट आउनुपर्ने बताउनु भएको हो । “एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ”, उहाँले भन्नुभयो । ओलीले निर्वाचनको विकल्प […]
काठमाठौं – नेपाली कांग्रेसमा गगन थापा चौथौ वरियतामा पर्नु भएको छ । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियतामा थापा पर्नु भएको छ । थापा पछि अर्का महामन्त्री विश्व प्रकाश शर्मा पर्नु भएको छ । त्यस्तै, सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता भने २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय […]
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने बताउनु भएको छ । केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले महाधिवेशनका सबै तीतामिठा कुरालाई बिर्सेर अब अगाडि बढ्नुपर्ने बताउनु भएको हो । देउवाले सबैको भावनालाई कदर गरेर आफू अगाडि बढ्ने पनि बताउनु […]