कांग्रेस दलिततर्फको केन्द्रीय सदस्यमा को-को विजयी भए ?

काठमाडौं  – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा दलिततर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । खुला ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा.शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् । दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित […]

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनु भएको छ । अर्का प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश) लाई पराजित गर्दै नेम्वाङ विजयी हुनु भएको हो । नेम्वाङले १६९ मत पाउनु भएको थियो भने मेन्याङ्बोले ६४ मत पाउनु भयो । निर्वाचन समितिका अनुसार तीनजना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका […]

लिच्छविकालीन शिलालेख भेटियो

ललितपुर – राजा सिद्धिनरसिंह मल्लले मनिङ्ल राजप्रासाद विस्तार गर्ने क्रममा त्यहाँ रहेको बौद्ध विहार स्थानान्तरण गरेको किंवदन्तीलाई पुष्टि गर्ने गरी सोही क्षेत्रमा लिच्छविकालीन शिलालेख प्राप्त भएको छ । यसअघि २०७८ भदौ २९ का दिन उत्खननकै क्रममा पूर्व मध्यकालका शिलालेख पनि भेटिएको थियो । प्राप्त शिलालेखलाई पाटन सङ्ग्रहालयमा सुरक्षित गरिएको पुरातत्त्वविद् प्रकाश दर्नालले जानकारी दिनुभयो । […]

संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि होः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं  – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा, बाबुराम भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताउनु भएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले प्रतिपक्षीले अनिश्चित ढङ्गले संसद्लाई बन्धक बनाउँदा लोकतन्त्र कमजोर हुने भन्दै छिटोभन्दा छिटो संसद् सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । एमालेको अवरोध कायम रहे […]

कांग्रेस केन्द्रीय सदस्य खस आर्य पुरुषतर्फ २८०० गन्दा कसले पाए कति मत ?

काठमाडौं -नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुषतर्फ २ हजार ८ सय मतगणना सकिएको छ । सात जनाको लागि भएको निर्वाचनमा गोबिन्द शाहले १२१४ मतका साथ अग्रता कायम राख्नु भएको छ । त्यस्तै, दोस्रोमा केशब कुमार बुढाथोकीले १२४१ र तेस्रोमा भिम पराजुलीले ११६२ मत ल्याउनु भएको छ । यस्तो छ खस आर्य तर्फ २८०० ताजा मतपरिणाम […]

कांग्रेस केन्द्रीय सदस्य खस आर्य पुरुषतर्फ २३०० गन्दा कसले पाए कति मत ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुषतर्फ २ हजार ३ सय मतगणना सकिएको छ । सात जनाको लागि भएको निर्वाचनमा गोबिन्द शाहले ९०९ मतका साथ अग्रता कायम राख्नु भएको छ । त्यस्तै, दोस्रोमा केशब कुमार बुढाथोकीले ९२३ र तेस्रोमा भिम पराजुलीले ८७३ मत ल्याउनु भएको छ । कसको कति मत ? १.गोबिन्द शाह : […]

कांग्रेस प्रदेश २ को अधिवेशनमा कुटाकुट

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को निर्वाचनका क्रममा कुटाकुट भएको छ । प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न ढिलो गरेपछि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादवबीच झडप भएको हो । रामसरोज बिहीबार चुनाव गर्नुपर्ने पक्षमा रहनुभएको छ भने कृष्ण आजै निर्वाचन गर्ने पक्षमा रहनुभएको छ । झडपका क्रममा कुर्सीसमेत तोडफोड […]