माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ । ११ पुसबाट काठमाडौंको कमलादीमा हुने सम्मेलनका १० प्रदेशबाट ८०३ जनासहित जम्मा १५३३ जना प्रतिनिधि सहभागी हुनेछन् । पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो । महराका […]

एमाले सांसदको नाराबाजीबीच नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमाले सांसदको नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको […]

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १० औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ । पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका […]

कांग्रेसको मतगणना आज सकिँदै

काठमाडौं-  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ । मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन लागेको हो । पदाधिकारीको मतपरिणाम सार्वजनिक भएसँगै थालिएको केन्द्रीय सदस्यतर्फको सबैको मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ । आज दलित, खस– आर्य, आदिवासी जनजातिको गणना […]

अब अति भयो, एनआरएनए विवाद छिटो समाधान गरौ : राजन त्रिपाठी

काठमाडौं – गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले सस्थामा लामो समयदेखिको विवादका कारण गैर आवासीय नेपालीहरु निराश भएको भन्दै छिटो समस्या समाधान गर्न आग्रह गर्नु भएको छ । त्रिपाठीले समस्या समाधानको लागि भइरहेका प्रयासलाई स्वागत गर्दै अब छिटो भन्दा छिटो निकास निकाल्नु पर्ने बताउनु भयो । ‘अब अति भइसक्यो, अब पनि […]

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, चार वटा अध्यादेश अघि बढाउने कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूचीमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ । एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो । आजको बैठकमा चारवटा अध्यादेश पेस […]

कांग्रेसको प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं – नेपाली कांग्रेसको प्रदेश २ मा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराउनु भएको हो । उहाँहरुले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर हिजो उमेदवारी […]