शिक्षक सेवा आयोगले खुलायो २५ सय भन्दा बढी शिक्षकको विज्ञापन (विज्ञापनसहित)

काठमाडौँ – शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि करिव २६ सय शिक्षक माग गरेको छ । आयोगले वेबसाइटमा सूचना प्रकाशित गर्दै विभिन्न विषयका लागि शिक्षक माग गरेको हो । आयोगले निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकको विज्ञापन खुलाएको हो । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा गरेर स्थायी पदपूर्तिका […]

गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं –  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । पोखरेल प्रदेशको खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोहो । डा. शेखर कोइराला प्यानलबाट चुनाव लड्नु भएको पोखरेलले खसेको ४६६४ मत मध्ये २३०६ मत प्राप्त गर्नु भयो । यस्तै सभापति शेरबहादुर देउवा प्यानलका ध्रुव वाग्लेले २७२० मत ल्याएर गण्डकी […]

कांग्रेसको कर्णाली प्रदेशबाट तीन नेता केन्द्रीय सदस्यमा निर्वाचित, एक मतले पराजीत भए पूर्वमन्त्री थानी

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको केन्द्रीय सदस्यमा तीन नेता निर्वाचित भएका छन् । सार्वजनिक परिणाम अनुसार राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी हुनु भएको छ । उता पूर्वमन्त्री समेत रहेका ह्दयराम थानी भने एक मतले केन्द्रीय सदस्यमा पराजित हुनु भएको छ ।

डा. शशांक कोइरालालाई उछिन्दै मुक्ताकुमारी यादवले ल्याइन् सर्वाधिक मत

काठमाडौं –  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अन्तर्गत भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याउनुभ एको छ । अहिलेसम्मको मतपरिणाम अनुसार यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ । कूल खसेको ४६७१ मतमा यादवले ३९६० मत प्राप्त गर्नु भएको हो। यसअघि डा. शशांक कोइरालाले केन्द्रीय सदस्यमा सर्वाधिक ३८३६ मत ल्याउनु भएको थियो […]

आसन्न निर्वाचनबाट कांग्रेस पहिलो शक्तिको रुपमा उदाउँछ: विश्व प्रकाश शर्मा

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्तिको रुपमा उदाउने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा निर्वतमान पार्टी प्रवक्ता समेत रहेका शर्माले पार्टीको महाधिवेशनका कारण देशभर देखिएको जागरणले आसन्न स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्ति हुने दाबी गर्नुभएको हो । महामन्त्री शर्माले […]

कांग्रेसको प्रदेश १ तर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका २ र कोइराला समूहका १ विजयी

काठमाडौं – नेपाली काँग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला विजयी हुनु भएको छ । अर्याल सभापति शेरबहादुर देउवा र कोइराला डा शेखर कोइराला समूहबाट विजयी हुनु भएको हो । यस्तै महिलातर्फ देउवा समूहकी महेन्द्रकुमारी लिम्बू निर्वाचित हुनु भएको छ ।

कांग्रेसको बागमती प्रदेश खुला केन्द्रीय सदस्यमा रञ्जित र केसी निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको बागमती प्रदेशतर्फ खुला केन्द्रीय सदस्यमा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित हुनु भएको छ । यस्तै, प्रदेशको महिलातर्फ उर्मिला नेपाल विजयी हुनु भएको छ । ध्यानगोबिन्द र उर्मिला संस्थापन र राजन इतरसमूहको हुनुहुन्छ ।