काठमाडौं – नेपाली काँग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला विजयी हुनु भएको छ । अर्याल सभापति शेरबहादुर देउवा र कोइराला डा शेखर कोइराला समूहबाट विजयी हुनु भएको हो । यस्तै महिलातर्फ देउवा समूहकी महेन्द्रकुमारी लिम्बू निर्वाचित हुनु भएको छ ।
काठमाडौं – नेपाली कांग्रेसको बागमती प्रदेशतर्फ खुला केन्द्रीय सदस्यमा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित हुनु भएको छ । यस्तै, प्रदेशको महिलातर्फ उर्मिला नेपाल विजयी हुनु भएको छ । ध्यानगोबिन्द र उर्मिला संस्थापन र राजन इतरसमूहको हुनुहुन्छ ।
पोखरा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूलाई संसदमा देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताउनुभएको छ । मलाई देख्यो भने केपी ओली प्रवृत्तिको सातो जान्छ,’ मंगलबार पार्टीले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘त्यही भएर पनि संसदमा मेरो उपस्थित अनिवार्य छ […]
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरी निर्वाचित हुनु भएको छ । मधेसी आरक्षण कोटामा चौधरीसहित ५ जना निर्वाचित भएका हुन । कांग्रेसको सम्पन्न मतगणना अनुसार अजय चौरासियाले सबैभन्दा बढी मत ल्याउनु भयो । उहाँले २५२२ मत ल्याउनु भएको हो । त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश […]
काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित हुनु भएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले पाण्डेलाई साधारण सदस्य समेत नहरी गरि कारवाही गरेको हो । विवेकशील साझा पार्टीले पाण्डेलाई लेखेको कारवाही सम्वन्धी पत्रमा पार्टीको नाम, लेटरहेड, छाप, चुनावचिन्ह लगायतका सामग्री प्रयोग नगर्न भनिएको छ […]
काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाँले १६४० मत प्राप्त गर्दै विवजयी हुनु भएको हो । समितिका अनुसार एक पदको लागि अपांगतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणामा उदयबहादुर लिम्बूले २३२, कुमार कँडेल (गजन) ले १०५, कोपालबहादुर देउवाले २२९, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार […]
काठमाडौँ – आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज (मंगलबार) संसदमा दुई वटा अध्यादेश पेश गर्ने कार्यसूची छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले यौनहिंसाविरुद्धका केहि ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिको लागि पेस गर्न लाग्नु भएको […]