काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा बिहानदेखि जारी मतगणना भोली बिहानसम्म सकिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति अनुसार अहिलेसम्म् ९८८ मतगणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा हुनुहुन्छ भने एनपी साउद, शंकर भण्डारी, बलकृष्ण खाँणलगायत हुनुहुन्छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित […]
काठमाडौं – पर्यटन व्यवसायी र अन्यको समेत विरोध भएपछि विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सरकारले सच्याएको छ । अब तत्काल सो निर्णय कार्यान्वयन नहुने अध्यागमन विभागले जनाएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले संस्थामा भागबन्डाको आधारमा नेतृत्व चयन गर्ने पक्षमा आफ्नो सहमति नहुने बताउनु भएको छ । एनआरएनए जस्तो संसारभरिका लाखौ गैर आवासीय नेपालीहरुले विश्वास गरेको संस्थामा भागबन्डाको आधारमा नेतृत्व चयन गरिनु दुखद हुने भन्दै त्यस्तो प्रस्तावमा आफ्नो सहमति नभएको बताउनु भयो […]
दिल गुरुङ, एनआरएन अभियन्ता, जर्मनी गैर आवासीय नेपाली संघको विवाद समाधान गर्ने सवालमा अहिले सर्वसम्मत नेतृत्वको विषय चर्चामा आएको छ । अहिले संस्थाभित्रको विद्यमान समस्या समाधान गर्ने र सर्वसम्मत नेतृत्व चयन गर्ने हो भने देखिएका तीनै जना अनुहार अर्थात उम्मेदवारलाई बाहिर राखेर स्वतन्त्र ब्यक्ती ल्याउनुपर्छ । अहिले देखिएका उम्मेदवारहरु कुल आचार्य, रविना थापा र बद्री […]
काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा पराजित डा. शेखर कोइरालाले पार्टीमा यथास्थिति चाहनेहरूको अपवित्र गठजोडका बाबजुद आफूहरू लडेको र राजनीति जितेको बताउनु भएको छ । आज विज्ञप्तिमार्फत नेता कोइरालाले शेरबहादुर देउवासँगको मात्र प्रतिस्पर्धा नभइ पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्ति र गलत संस्कारको विरुद्धको रुपान्तरण र परिवर्तनको लडाइँमा आफूहरूलाई सहज नभएको बताउनु भयो । आफूहरूले कांग्रेस हुनुको गौरव […]
काठमाडौं – नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ । बिहीबार महामन्त्री पदको अन्तिम परिणाम घोषणा भएपछि सहमहामन्त्री पदको मतगणना सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले महिला, दलित र आदिवासी जनजाति क्लस्टरको नतिजा सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले विवाद समाधान समितिले एक साताभित्र संस्थालाई निकास दिनुपर्नेमा जोड दिनु भएको छ । संस्थामा देखिएको विद्यमान समस्या समाधानका लागि गठीत सर्वपक्षीय समितिले एक साताभित्र संस्थालाई निकास दिएर निर्वाचन गरिनुपर्नेमा थापाले जोड दिनु भएको हो । एनआरएनए अध्यक्ष कुमार पन्तले बुधबार सबै पक्षलाई […]