काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने समेत निर्णय गरेको छ । क्यानले कप्तान मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगीता मिश्राले पाउनु भएको छ । मन्त्रालयले उहाँलाई बुधबार प्रवक्तामा नियुक्त गरेको हो । यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेलले सम्हाल्दै आउनु भएको छ । डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ ।
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । पाँचौ पटक मुलुकको प्रधानमन्त्री बन्नु भएका देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित हुनु भएको हो । दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित हुनु भएको हो । कुल ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी डा. […]
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ । दिउँसो साढे तीनबाट शूरु भएको दोस्रो चरणको मतदान केहिबेरमा सकिएको हो । महाधिवेशनमा कूल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६३ जनाले मतदान गरेका छन् । सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणमा […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक क्षेत्रका उम्मेदवारहरुले विवाद समाधान नगरि हुने एकपक्षीय निर्वाचनमा सहभागि नहुने बताएका छन् । एसिया प्याशिफिक क्षेत्रबाट क्षेत्रीय संयोजक पदका उम्मेदवार विनोद कुँवर, उपसंयोजक पदका उम्मेदवारहरु दिलिप सिंह गुरुङ र विश्व राईले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सबैलाई समेटेर सहमतिका साथ निर्वाचनको वातावरण बनेपछि मात्र निर्वाचन प्रक्रियामा […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कमिटिले पूर्णता पाएको छ । खाली रहेको प्रमुख निर्वाचन आयुक्तमा अधिवक्ता भिमसेन बञ्जरालाई नियुक्त गर्दै निर्वाचन कमिटिलाई पूर्णता दिइएको हो । बञ्जरालाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सहित आइतवार सो पदमा नियुक्ति गरिएको हो । बञ्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र सर्वोच्च […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले विवाद समाधान नगरि एकलौटी निर्वाचनमा जाने कार्य रोकेर आपसी सहमति, सहकार्य र समझदारीको आधारमा अगाडि बढ्न आग्रह गर्नु भएको छ । उपाध्यक्ष लामाले नेतृत्वले एकलौटी ढंगले उर्दी जारी गरेर निर्वाचनमा जाने कार्य गरिरहेको भन्दै विवाद समाधान नगरी निर्वाचनमा जाने कार्य रोक्न आग्रह गर्नु भएको हो । […]