काठमाडौं । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।उनीहरुलाई शुक्रबार राति १२ […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गर्नु भएको हो । यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।
काठमाडौ । गैर आवासीय नेपाली संघका सल्लाहाकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थापन पक्षले सरकारसंग मिलेर अघि बढ्न नसकेको आरोप लगाउनु भएको छ । एनसीसीहरुको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आचार्यले आइसीसीका अध्यक्ष कुमार पन्तका कारण सरकार र गैर आवासीय नेपालीहरुका बीचमा द्वन्द्व बढेको बताउनु भएको हो । आइसीसीले सरकारसंग मिलेर अघि […]
काठमाडौँ । नेपाली कांग्रेसको प्रादेशिक अधिवेशन आजबाट सुरु हुँदैंछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुनेछ । १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान […]
काठमाडौँ । आज विश्व एड्स दिवस । नेपालमा अझैंपनि एचआइभीको बारेमा प्रर्याप्त जनचेतना नहुँदा संक्रमितहरु खुलेर उपचारमा आउन नसकेको चिकित्सकहरुले बताएका छन् । नेपालमा २०२० सम्म ३० हजार ३ सय व्यक्तिहरुमा एचआईभी संक्रमित भएको अनुमान गरिएको छ । संक्रमितमध्ये ६९ प्रतिशत संक्रमित उपचारको दायरमा आएको बताइएको छ । एचआभी संक्रमित मध्ये झण्डै १० हजार भन्दा […]
काठमाडौँ । ओमिक्रोन भाइरसको त्रासका कारण अस्ट्रेलिया र जापानले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि […]
काठमाडौं – गैर आवासीय नेपाली संघले निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/ नगराउन अपिल गरेको छ । संघका प्रवक्ता डिवी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन अपिल गर्नु भएको हो । विज्ञप्तिमा भनीएको छ, ‘आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का […]