काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले निर्वाचनको कार्यतालिका सार्वजनीक गरेर भ्रम र झुठको खेती गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । लामाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व सम्मेलनलाई विथोल्ने उद्देश्यले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै विरोध जनाउनु भएको हो । बुधबारको लागि आह्वान गरिएको एनसिसीहरुको विश्व सम्मेलनमा ५० […]
काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन कार्यतालिका सार्वजनीक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार डिसेम्बर ६ मा मतदाताहरुको नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारहरुको मनोनयन दर्ता ११-१२ र मतदान २६-२७ का लागि तोकिएको छ । प्रमुख निर्वाचन अधिकृत लीलामणी पौडेलले सार्वजनीक गर्नु भएको कार्यतालिका अनुसार विभिन्न ५३ पदमा निर्वाचन हुनेछ ।
चितवन – नेकपा एमाले सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत ल्याउनु भएको छ । सात सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित हुनु भएको हो । गोकर्णले १९७६ मत ल्याउनु भयो भने योगेशले १९६४, छविलाल र पदमाले समान १८०० मत पाउनु भयो । त्यस्तै, लेखराजले १७०४, […]
काठमाडौं – सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताउनु […]
काठमाडौँ – एमालेको १०औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याउँदै विजयी हुनु भएको छ । उहाँले १९७६ मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा घनश्याम भूसाल ७२५ मत ल्याएर पराजीत हुनु भयो । ६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, […]
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हालसम्म ५७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । हालसम्म संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २९ जना सभापति निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २६ जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट दुईजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । प्रदेश दुईका आठ […]
चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । एमाले निर्वाचन आयोगका अनुसार खसेको कूल २ हजार ९६ मतमा केपी शर्मा अोलीले १ हजार ८०८ मत प्राप्त गरेर बिजयी हुनु भयो भने उहाँको प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गर्नु भयो । अहिले उपाध्यक्षको मत गणना शुरु […]