ओमिक्रोन त्रास : अस्ट्रेलिया र जापानले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगायो

काठमाडौँ । ओमिक्रोन भाइरसको त्रासका कारण अस्ट्रेलिया र जापानले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि […]

निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि नगर्न एनआरएनएको आह्वान

काठमाडौं – गैर आवासीय नेपाली संघले निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/ नगराउन अपिल गरेको छ । संघका प्रवक्ता डिवी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन बिथोल्ने खालका कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन अपिल गर्नु भएको हो । विज्ञप्तिमा भनीएको छ, ‘आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का […]

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनीक गरेर भ्रम र झुठको खेती गरियो : सोनाम लामा

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले निर्वाचनको कार्यतालिका सार्वजनीक गरेर भ्रम र झुठको खेती गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । लामाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व सम्मेलनलाई विथोल्ने उद्देश्यले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको भन्दै विरोध जनाउनु भएको हो । बुधबारको लागि आह्वान गरिएको एनसिसीहरुको विश्व सम्मेलनमा ५० […]

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनीक, उम्मेदवारको मनोनयन दर्ता डिसेम्बर ११-१२ र मतदान २६-२७ मा तोकियो

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन कार्यतालिका सार्वजनीक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार डिसेम्बर ६ मा मतदाताहरुको नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारहरुको मनोनयन दर्ता ११-१२ र मतदान २६-२७ का लागि तोकिएको छ । प्रमुख निर्वाचन अधिकृत लीलामणी पौडेलले सार्वजनीक गर्नु भएको कार्यतालिका अनुसार विभिन्न ५३ पदमा निर्वाचन हुनेछ ।

एमाले सचिवमा गोकर्ण विष्टलाई लोकप्रिय मत, टंक कार्की र भीम आचार्य पराजित

चितवन – नेकपा एमाले सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत ल्याउनु भएको छ । सात सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित हुनु भएको हो । गोकर्णले १९७६ मत ल्याउनु भयो भने योगेशले १९६४, छविलाल र पदमाले समान १८०० मत पाउनु भयो । त्यस्तै, लेखराजले १७०४, […]

कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल आउने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश जारी

काठमाडौं – सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताउनु […]

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीलाई सर्वाधिक मत

काठमाडौँ –  एमालेको १०औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याउँदै विजयी हुनु भएको छ । उहाँले १९७६ मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा घनश्याम भूसाल ७२५ मत ल्याएर पराजीत हुनु भयो । ६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, […]