संस्थाको विधान भन्दा माथि कोहि पनि हुन सक्दैन : शेष घले

काठमाडौं – गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले संस्थाको विधानभन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भएको छ । गैर आवासीय नेपाली संघ यूकेको नयाँ कार्यसमितिले १०० दिन पूरा गरेको अवसरमा अल्डरसटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्थामा विधान भन्दा माथि कोहि पनि नरहेकाले सबैले विधानको पालना गर्नु पर्नेमा जोड दिनु […]

कांग्रेसले आज ६० जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन आज सुरु हुन लागेको हो। १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। संयोजक यादवले भने, […]

अबको १ वर्षमा नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने

अबको १ वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो । राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले अबको १ वर्षमा मिन औसत मूल्यवृद्धि १० दशमलव ३ प्रतिशत पुग्ने अपेक्षा गरेको देखिएको छ । यसैगरी […]

एमाले अध्यक्षमा भीम रावलको १५ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा

काठमाडौं – एमाले नेता भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । रावलले आफ्ना १५ बुँदे प्रतिबद्धतासहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो । यस्ता छन् रावलको अवधारणपत्र पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो । राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा […]

एमसीसीका लागि डिसेम्बरसम्मको डेडलाइन

अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटमा एमसिसी छिटो अनुमोदन गराउन आग्रह गर्दै नभए फिर्ता लैजाने बताएका हुन्। लुले […]

काँग्रेसको प्रदेश अधिवेशन : कतै निर्विरोध, धेरैमा मतदान

काठमाडौँ, ४ मंसिर । नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अधिकांश क्षेत्रमा निर्वाचनबाट नेतृत्व छनोट गरिएको छ । कतिपय स्थानको मतपरिणाम प्राप्त भइसकेको छ भने केही क्षेत्रमा शनिबारबाट अधिवेशन सुरु हुँदैछ । सत्तारुढ दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६१ जिल्लामा शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन […]

मन्त्रिपरिषद् बैठकका ८ महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका ८ वटा निर्णय सार्वजनिक गर्नु भएको छ । मन्त्री कार्कीले शुक्रवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकले मङ्सिर २ गते गरेका निर्णय सार्वजनीक गर्नु भएको हो । यस्ता छन् बैठकका निर्णयहरु :- १. सरकारले आगामी माग १२ गते […]