सल्यानको विकट गाउँमा बर्थिङ सेन्टर निर्माण गर्दै एनआरएनए अमेरिका

कुमाख (सल्यान) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सहयोगमा सल्यान जिल्लाको दुर्गम क्षेत्र कुमाख गाउँपालिका वडा नं. १ मा पर्ने टार्केमा प्रसुती गृह (बर्थिङ सेन्टर) को निर्माण कार्य शूरु भएको छ । एनआरएनए अमेरिकाको वान एनसिसी वान च्यारिटी अन्तर्गत प्रसुती गृह (बर्थिङ सेन्टर) निर्माण गर्न लागिएको हो । एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा वान […]

एनआरएनए हङकङमा महिला र युवा विभाग गठन

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङमा महिला र युवा विभाग गठन भएको छ । एनआरएनए हङकङले सोमबार एक कार्यक्रमको आयोजना गर्दै महिला र युवा विभाग गठन गरेको हो । कविता गुरुङको नेतृत्वमा रहेको महिला विभागमा १९ सदस्यीय कार्यसमिति, ५ सदस्यीय संरक्षक परिषद् र ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । महिला विभागमा […]

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै: सांसदलाई ह्वीप जारी

विराटनगर – विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । सोमबार नै प्रदेशको सत्तासाझेदार कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ । तत्कालीन मुख्यमन्त्री […]

नेपाल बन्दले यात्रुलाई सास्ती, ५ बन्दकर्ता पक्राउ

काठमाडौँ – मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । लामो यात्रा गरेर बिहानै काठमाडौँ उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका छन् । काठमाडौँ […]

राष्ट्रिय जनगणना : थपिए दुई जाति

काठमाडौँ – गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका हुन् । चुमवासीले गणकसँग जात र भाषा चुम्बा अनि नुब्रीवासीले नुब्री नै लेखाएका छन्। लामा थर लेख्ने गरेका उनीहरूलाई २०६८ सालको जनगणनामा तामाङअन्तर्गत सूचीकृत […]

भोलि मूल्य वृद्धिविरुद्ध विप्लवको नेपाल बन्द

काठमाडौँ– पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामानमा भएको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले मंगलबार नेपाल बन्द गर्ने भएको छ ।  सो पार्टीका इन्चार्ज प्रज्वलनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिनुपर्ने बताएका छन् । उनले बन्द रहर नभई बाध्यता भएको भन्दै यो सरकारलाई […]

यस्ता छन् एमाले महाधिवेशनमा काठमाडौँ उपत्यकाबाट छानिएका ८७ जना प्रतिनिधि

काठमाडौँ, २९ कार्तिक । नेकपा एमालेको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट मंसिर १० देखि १२ गतेसम्म हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि ८२ जना प्रतिनिधि छानेको छ । जसमा काठमाडौ जिल्लाका ४३, भक्तपुरबाट २१, ललितपुरबाट १८ र उपत्यका विशेष प्रदेश कमिटीबाट ५ जना छन् । काठमाडौँ: खुला –गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाई, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, […]