अष्ट्रिया – यूरोपेली मुलुक अष्ट्रियाले खोप नलगाएका मानिसहरूका लागि लकडाउन लागु गरेको छ । कोभिड–१९ को संक्रमण बढेसँगै पूर्ण मात्रा खोप नलगाएका करिब २० लाख मानिसहरूका लागि लकडाउन गरिएको हो । “हामीले यस कदमलाई हल्का रूपमा लिएका छैनौँ, तर दुर्भाग्यवश यो आवश्यक छ”, चान्सलर एलेक्जेन्डर शालेनबर्गले बताए । खोप नलगाएका मानिसहरूलाई काममा जाने या खानेकुरा […]
काठमाडौँ – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्च अदालतको विवादमा मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता थापाले पार्टीको मौनतामाथि प्रश्न उठाउनुभयो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै कांग्रेस केन्द्रीय सदस्य थापाले बैठकमा भन्नुभयो, ‘अदालतमा जे भइरहेको छ, त्यसमा हामी यत्तिकै बस्यौं भने कांग्रेस र […]
काठमाडौँ – सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छ । अब यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको छ ।
काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो । बैठकले पार्टीको […]
काठमाडौं – गैर आवासीय नेपाली संघले राष्ट्रिय जनगणना २०७८ मा सहभागि हुन विदेशमा रहेका नेपालीमा अपिल गरेको छ । नेपाल सरकारले यस वर्ष देखी जनगणनामा विदेशमा रहेका नेपालीहरुलाई पनि समेटेपछि एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै जनगणनामा सहभागि हुन अपिल गरेको हो । संघले सुरु देखि नै विदेशमा रहेका नेपालीहरुको आधिकारिक तथ्यांक संकलन गर्नको लागि नेपाल […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार डा.बद्री केसीले आफुहरु बिधानभन्दा बाहिर गएर सहमती गर्ने पक्षमा नरहेको बताउनु भएको छ । केसीले विधी र विधानलाई मानेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै विधानभन्दा बाहिर गएर सहमति गर्ने पक्षमा भने आफूहरु नरहेको बताउनु भएको हो । केसी टिमले आयोजना गरेको ‘ककस’ नामक कार्यक्रममा बोल्नुहुँदै […]
लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन हुनु भएको छ । एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा लण्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरिएको हो । नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ […]