काठमाडौं – नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ । पार्टीको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । एमालेले पार्टी सदस्य संख्या सात लाख पुगेको दावी गरेको छ । पार्टी सदस्यहरुबाट सय रुपैयाँ उठाउँदा सात करोड जति उठ्ने पार्टीले अनुमान गरेको छ । त्यस्तै, […]
काठमाडौँ – सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएका हुन । समितिमा सत्तारुढ गठबन्धनमा रहेका सबै दलबाट २–२ जना सदस्य रहनेछन् भने सरकारका तर्फबाट सञ्चार […]
हेटौंडा – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनु भएको छ । पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन । वागमती प्रदेशसभामा १०९ जना सदस्य […]
काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले काँग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन । पार्टी बलियो बनाएर देशको भविष्य […]
काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने घोषणा गर्नु भएको छ । नेता थापाले सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै नभएकाले रूखबाहेक अन्यत्र कांग्रेसले भोट नहाल्ने बताउनु भएको हो । उहाँले कांग्रेस पहिलो पार्टी बनाउने हो भने अहिले रहेका मतदाता जोगाउँदै थप मतदाता आकर्षित […]
न्युयोर्क – अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको समाचारमा जनाइएको छ । समाचार एजेन्सीका अनुसार कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक […]
भक्तपुर– नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवालाई भक्तपुरमा आएको विकास र त्यसको बजेट नकाट्न चेतावनी दिनुभएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठान द्वारा शंखधर चोकमा आयोजित नेपाल संवत् ११४२ नयाँ वर्षको शुभकामना आदानप्रदान तथा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण समारोहमा बोल्दै नेता बस्नेतले भक्तपुरको […]