एनआरएनएमा कुनै पनि राजनीतिक पार्टीले हस्तक्षेप गर्नु हुँदैन : कांग्रेस नेता कृष्ण सिटौला

काठमाडौं –  नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गैर आवासीय नेपाली संघमा कुनै पार्टीले पनि राजनीतिक पार्टीले हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । एनआरएनएको आन्तरिक मामिलामा कुनै पनि राजनीतिक पार्टीहरुले अनावश्यक हस्तक्षेप र चासो राख्न नहुने बताउनु भएको हो । एनआरएनए अध्यक्ष पदको लागि उम्मेदवार रहनु भएको रबीना थापाले आयोजना गरेको तिहारको शुभकामना कार्यक्रममा […]

प्रधानमन्त्री एनआरएनएमा व्यक्ति विशेषको पछि लाग्नु अशोभनीय : डा. केसी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्ति विशेषलाई एनआरएनएमा जिताउन विज्ञापन गर्दै हिडेको भन्दै आपत्ति जनाउनु भएको छ । केसी टिमले बिहीबार भर्चुअल रुपमा आयोजना गरेको तिहार विशेष शुभकामना साँझमा बोल्नु हुँदै उपाध्यक्ष समेत रहनु भएको डा केसीले प्रधानमन्त्री देउवाले व्यक्ति विशेषलाई जिताउन विज्ञापन […]

लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युतको माग १२ सय ७० मेगावाट पुगेको छ । लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको हो । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५ सय मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो […]

कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : देउवा

भक्तपुर – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताउनुभएको छ । काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन निर्धारित समयमा नै सम्पन्न हुनेमा विश्वस्त पार्न खोज्नुभयो । महाधिवेशन मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिको […]

काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम नगर्ने तर लोकप्रीय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्ने धारणा राख्नुभयो । नेता सिंहले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रमाथि कटाक्ष गर्दै नयाँ नारा […]

अमेरिकी राष्ट्रपति वाइडेनद्वारा तिहारको शुभकामना

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा शुभकामना दिनु भएको छ ।बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिनुभएको हो । आफ्नो परिवारका तर्फबाट शुभकामना सन्देश दिनुभएको हो । नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ । अमेरिकामा स्थायी बसोवास […]

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

काठमाडौं –  नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनाललाई दिएको छ । पार्टीको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको हो । विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर […]