शेष घलेद्धारा मुक्तीनाथमा विष्णुमूर्ति बनाउन ५० लाख सहयोग गर्ने घोषणा

मुस्ताङ-  गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा विष्णुको मूर्ति बनाउने घोषणा गर्नु भएको छ । सो क्षेत्रमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिसक्नु भएको छ । उक्त क्षेत्रमा ढुङ्गाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाइमा […]

यूरोप भ्रमणले जगाएको आशा

राजन त्रिपाठी गैर आवासीय नेपाली अभियानको क्रममा अक्टोबरको पहिलो सातादेखि अमेरिकाबाट युरोप भ्रमणको यात्रा तय गरे । विशेष गरि गैर आवासीय नेपाली संघको दशौं महाधिवेशन र निर्वाचनमा मेरो कोषाध्यक्षमा उम्मेदवारी रहेकाले चुनावी प्रचार प्रसार अभियान मूल उद्देश्य बनाएर यूरोप भ्रमण तय गरेको थिए । संसारभरिका विभिन्न देशहरुमा छरिएर पनि हामी एकअर्काका साझा विषयहरुमा समान धारणा […]

एनआरएनएको दशौँ महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग

काठमाडौं – गैर आवासीय नेपाली संघको दशौं महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग गरिएको छ । आइतबार भर्चुअल रुपमा आयोजना गरिएको गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको विश्व भेलामा बोल्ने वक्ताहरुले हाल स्थगित गरिएको संघको दशौँ महाधिवेशन र चुनाव एक महिनाभित्र गर्न माग गरेका हुन । भेलामा बोल्ने वक्ताहरुले एनआरएनलाई एकताबद्ध बनाउन पनि […]

६ महिना म्याद थप गर्ने प्रावधान विधानमै छैन: देवमान हिराचन

काठमाडौं –  गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुःख लागेको बताउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफै ६ महिना थप गर्ने प्रावधान गैर आवासीय नेपाली संघको विधानमै नरहेको बताउनु भयो । एनसिसीहरुको विश्व भेलालाई सम्बोधन गर्दै […]

गैर आवासीय नेपाली संघलाई कसैको व्यक्तिगत स्वार्थमा प्रयोग गर्न दिदैनौं : कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थालाई कसैको ब्यक्तिगत स्वार्थमा प्रयोग गर्न नदिने बताउनु भएको छ । आइतबार भएको एनसिसीहरुको विश्व भेलालाई सम्बोधन गर्नुहुँदै आचार्यले गैर आवासीय नेपाली संघलाई कसैको स्वार्थमा प्रयोग गर्न नदिने बताउनु भएको हो । गैर आवासीय नेपाली संघमा हृदयदेखि संस्थाको हित या व्यक्तिगत स्वार्थमा काम […]

एनआरएनए यूकेले नेपालका बाढी पहिरो पीडितलाई राहतका लागि १० लाख पठाउने

लण्डन – गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा हालै आएको बाढी पहिरोको मारमा परेका पीडितहरु र मृतकका परिवारको तत्काल राहतका लागि १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ । अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष गाहा मगरका अनुसार घोषित रकम निकासा भएको २४ घण्टाभित्रमा नेपाल पुर्याउने […]

एनआरएनएमा देखिएको विवाद र समाधानका उपाय

रामप्रताप थापा- संरक्षक, गैर आवासीय नेपाली संघ गैर आवासीय नेपाली संघ स्थापनाको झन्डै दुई दशकको इतीहासमा संस्था अहिलेसम्मकै कठिन मोडमा आइपुगेको छ । संस्था जुन उद्देश्यले स्थापना गरिएको थियो र स्थापना ताका जुन उत्साह थियो त्यो क्रमिक रुपमा घट्दै गएको छ । संस्था स्थापना ताका एकले बोलेको अर्कोले नकाट्ने, कर्के आँखाले कसैले नहेर्न मात्र नभई […]