एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय सह-संयोजकमा यज्ञ राज सुबेदीको उम्मेदवारी घोषणा

सियोल –  गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा एसिया प्याशिफिक क्षेत्रीय सहसंयोजकमा यज्ञ राज सुबेदीले उम्मेदवारी घोषणा गर्नु भएको छ । ‘संस्थागत सुधार, सहभागितामुलक एनआरएनए, विदेशमा सिप आर्जन, स्वदेशमा स्वरोजगार’ भन्ने मूल नाराका साथ सुबेदीले क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए कोरियाको निवर्तमान अध्यक्ष समेत रहनु भएको सुबेदीले विभिन्न […]

ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने

ओमान । ओमानले कोरोनाविरुद्धको खोप नलगाएकाको भिसा नवीकरण नगर्ने भएको छ । ओमानमा आगामी सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नका लागि कोरोना विरुद्धको खोपको एक डोज लगाएको हुनुपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । यस्तै अक्टोबरदेखि खोपको दुवै डोज लगाएको मात्र भिसा नवीकरण हुने जनाएको छ । ओमानमा कोरोना भाइरसको अनुगमन÷मूल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले भिसा, खोपलगायतका विषयमा […]

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

काठमाडौँ । महारथी प्रभुराम शर्मा नेपाली सेनाको प्रधानसेनापति नियुक्त हुनु भएको छ । कायममुकायम प्रधानसेनापति शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानसेनापतिमा नियुक्त गर्नु भएको हो । राष्ट्रपति भण्डारीले भदौ २४ गतेबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषदले शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरे बमोजिम राष्ट्रपति […]

संसारभरी छरिएका युवाहरुलाई एनआरएनमा गोलबन्द गराउन मेरो उम्मेदवारी : मिलन छन्त्याल

आयरल्याण्ड – गैर आवासीय नेपाली संघ आयरल्याण्डका निवर्तमान अध्यक्ष मिलन छन्त्यालले आगामी अक्टोवरमा हुने निर्वाचनमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । छन्त्यालले आगामी कार्यकाल (२०२१-०२३) को लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । उहाँले संस्थाका अग्रज, अभियन्ता तथा आत्मिय मित्रहरुको आन्तरिक परामर्शमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनु […]

प्रदेश १ ले पायो नयाँ मुख्यमन्त्री, भीम आचार्य नियुक्त, लिए शपथ

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिनु भएको छ । दोस्रो मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनु भएको छ । बिहिबार एमाले संसदीय दलको नेता चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्रीको नियुक्ति गर्नु भएको हो । नियुक्तिसँगै आचार्यले प्रदेश प्रमुख अधिकारी समक्ष सपथ लिनु भएको थियो । ९३ सदस्यीय प्रदेशसभामा […]

एनआरएनए उपाध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।  महासचिव शर्माले आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई संस्थागत गर्न आवश्यक महशुस गर्दै उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनु भयो । डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुनुुहुन्छ । १५ भन्दा बढी […]

एनआरएनए यूरोपको युवा संयोजकमा रमेश काफ्लेको उम्मेदवारी घोषणा

कोपनहेगन- गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोपको युवा संयोजकमा रमेश काफ्लेले उम्मेदवारी घोषणा गर्नु भएको छ । डेनमार्कबाट आइसिसी सदस्य रहनु भएको काफ्लेले यूरोप युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । युवाहरुको हक हित र नेतृत्व विकास, दोश्रो पुस्ताको एनआरएनए मा सहभागिता, युवाहरुलाई उद्यमी हुन उत्प्रेरित गर्दै सामाजिक उद्यमशिलता विकासमा भूमिका निभाउन तथा समृद्ध […]