एनआरएनए रसियामा शिवमणि भुर्त्यालको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध(सूचीसहित)

मस्को । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् रसियाको अध्यक्षमा शिवमणि भुर्त्याल पुन: चयन हुनु भएको छ । भुर्त्याल आगामी कार्यकालको लागि पुन: अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । आइतबार सम्पन्न संघको १०औ साधारण सभाले आइसीसी सदस्यमा रामेश्वर गौतमलाई पनि निर्विरोध चयन गरेको छ । संघको नयाँ कार्यसमिति उपाध्यक्षमा केशव तिमिल्सिना, गणेश रामदान […]

एनआरएनए फ्रान्सको निर्वाचन एक साता पछि सर्‍यो

पेरिस। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको निर्वाचन एक साता पछि सारिएको छ । आगामी कार्यकाल (२०२१-०२३) को लागि आइतबार गर्ने भनिएको निर्वाचनको सम्बन्धमा विवाद उत्पन्न भएपछि मिति सारिएको हो । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै उत्पन्न विवादलाई निराकरण गर्न दुवै पक्षको समझदारीमा आउँदो १ अगस्ट आइतबारको दिन गर्ने गरि निर्वाचन  सारिएको […]

एनआरएनए बेल्जियमको निर्वाचनमा वुथ कब्जा गर्ने प्रयास, आक्रमणमा तीन घाइते, निर्वाचन आयुक्त माथि समेत कुटपिट

बेल्जियम। गैर आवासीय नेपाली संघ, बेल्जियमको निर्वाचनमा बुथ कब्जा  गर्ने प्रयास गरिएको छ । संघको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत आन्त्र्वोपेन क्षेत्रमा विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी बुथ कब्जा गर्ने प्रयास गरिएको हो । निर्वाचन आयुक्त लोक दहाल, निर्वाचन सदस्य सचिव शिव कुमार वरुवाल र क्षेत्रीय निर्वाचन संयोजक पवन सुवेदीले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति […]

एनआरएनए हङकङको नवनिर्वाचित कार्यसमितिद्धारा सपथ ग्रहण (फोटोफिचर)

हङकङ । गैर आवासीय नेपाली संघ हङकङको नवनिर्वाचित कार्यसमितिलाई खपथ खुवाइएको छ । आगामी कार्यकाल (२०२१-०२३) को लागि नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको हो । संघको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रमका बीच गोकर्ण ढकाल नेतृत्वको नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराइएको हो । साथै सो अवसरमा निवर्तमान अध्यक्ष टिका गुरुङ (राधिका) लाई पनि सम्मानका साथ बिदाई गरिएको […]

एनआरएनए थाइल्याण्डको अध्यक्षमा भबिन्द्र बस्नेत निर्वाचित (सूचीसहित)

बैंकक। गैर आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा भबिन्द्र बस्नेत निर्वाचित हुनु भएको छ । संघको आइतबार भएको निर्वाचनबाट आगामी कार्यकाल (२०२१-०२३ ) को लागि बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्ष, महासचिव र सचिव गरि तीन पदमा निर्वाचन भएको थियो । निर्वाचनबाट महासचिवमा सुवास थापा, सचिवमा श्रीहरि आचार्य निर्वाचित हुनु भएको छ । […]

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नु भएको छ । स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गर्नु भएको हो । प्रधानमन्त्री देउवाको सिफारिसमा उहाँलाई स्वास्थ्य राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुनुहुन्छ । लिटिल एन्जल्स विद्यालयका सञ्चालक समेत […]

एनआरएनए एनसिसी निर्वाचन अपडेट: हालसम्म २० देशमा सर्वसम्मत नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । गैर आवासीय नेपाली संघका धेरैजसो राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । विश्व सन्देशलाई प्राप्त पछिल्लो अपडेट अनुसार हालसम्म २० वटा देशमा सर्वसम्मत र चार वटा देशमा निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन भएको छ । हालसम्म २४ देशमा नेतृत्व चयन भइसकेको छ भने आज मात्रै नयाँ नेतृत्व चयनका […]