काठमाडौँ । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गर्नु भएको छ । उहाँले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताउनु भएको छ । यसको जानकारी उहाँले फेसबुकमार्फत् दिनु भएको छ । कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त हुनु भएको थियो ।
स्टकहोलम । गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनमा नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको छ । संघको आगामी कार्यकाल (२०२१-२०२३) को लागि नवनिर्वाचित नयाँ कार्यसमितिलाई सपथ खुवाइएको हो । संघको शनिबार सम्पन्न छैटौ राष्ट्रिय महाधिवेशनको अवसरमा यसअघि राज कुमार पाठकको नेतृत्वमा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । महाधिवेशनमा प्रमुख अतिथिका […]
हेल्सिन्की । गैर आवासीय नेपाली सघ (एनआरएनए) फिनल्याण्डमा शेखर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको शनिवार सम्पन्न सातौँ वार्षिक सभाबाट आगामी कार्यकाल (२०२१-२०२३) को लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।आइसिसी सदस्यमा प्रकाश पोखरेल पनि निर्विरोध चयन हुनु भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा शैलु भट्टराई, सुवास रिजाल […]
काठमाडौँ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौले जानकारी दिएको छ । कार्यालयका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको […]
ओस्लो । गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेबाट आइसिसी सदस्यमा राजु अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी कार्यकाल (२०२१-२०२३) को लागि अर्याल पुन आइसिसी सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको हो । एनआरएनए यूरोप क्षेत्रीय विज्ञ भेलाको संयोजक भएर महत्वपूर्ण जिम्मेवारी निभाउनु भएको अर्याल यूरोप क्षेत्रीय संयोजक (आरसी) मा जाने चर्चा थियो । यद्यपी […]
फ्रान्कफर्ट (जर्मनी)। गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको सचिव पदमा निमा राजभण्डारी अर्याल (शर्मीला) ले उम्मेदवारी दिनु भएको छ । संघको आगामी कार्यकाल (२०२१-२०२३) को लागि अर्यालले सचिव पदमा उम्मेदवारी दिनु भएको हो । संघको आठौ राष्ट्रिय महाधिवेशन आइतबार हुँदैछ । महिलाहरुका आवाज बुलन्त गर्ने कार्यमा सक्रिय अर्याल जर्मनीको नेपाली समुदायमा परिचित अनुहार हो । […]
इजरायल । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्य परिषद इजरायलमा गणेश गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको सातौं राष्ट्रिय अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । निर्वाचन समितिका संयोजक दिपक प्रसाद ओलीका अनुसार सबै पदमा निर्विरोध चयन भएको हो । संयोजक ओलीका अनुसार संघको आइसिसी सदस्यमा विशाल ज्ञवाली […]