एनआरएनए यूकेमा ३४ पदका लागि ६२ जनाले दिए उम्मेदवारी, अध्यक्षमा तीन जना भिड्दै

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) बेलायतको आसन्न निर्वाचनका लागि विभिन्न ३४ पदमा ६२ जनाले उम्मेदवारी दिएका छन् । एनआरएनए यूकेको यही जुलाई ३१ मा निर्वाचन हुँदैछ । अध्यक्ष पदमा प्रेम गाहामगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले  उम्मेदवारी दिनु भएको छ । निर्वाचन समितिका अनुसार सोमबार ८ बजेसम्म दिइएको समयसीमाभित्र उपाध्यक्षमा दुई […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । अपराह्न ३ बजे बस्ने बैठकले सोमबार प्रष्टीकरण सोधिएका २२ सांसदलाई थप कारबाही गर्ने तयारी गरेको छ । सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधे पनि उनीहरुले यसको जवाफ दिएका छैनन् । सोमबारदेखि जारी एमाले […]

कोरोना नियन्त्रणमा सहकार्य गर्ने मोदीको आश्वासन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नु भएको छ । यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ । बधाई दिएकोमा मोदीलाई धन्यवाद […]

देउवालाई मत दिने २२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा भएको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार प्रधानमन्त्री देउवाले संसदमा पेश गरेको विश्वासको प्रस्तावमा एमालेका नेपालसहित २२ सांसदले […]

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको हो । बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने स्रोतले बताएको छ । एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ […]

प्रधानमन्त्री देउवाले खोप केन्द्रको स्थलगत निरीक्षण गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना भाइरसविरुद्धको खोप लगाइने केन्द्रहरुको निरीक्षण गर्नु हुने भएको छ । अमेरिकाले दिएको कोरोनाविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’को खोप अभियान सुरु हुँदै गर्दा प्रधानमन्त्री देउवा खोप केन्द्रको स्थलगत निरीक्षण गर्ने हुनु भएको हो । देउवाले काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा […]