एमालेको कार्यदल विघटन, सरकारलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं । नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आफू पक्षीय नेताको उपस्थितिमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकले नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ। पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने […]

एनआरएनए स्वीडेनमा राज कुमार पाठकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

स्वीडेन । गैर आवासीय नेपाली संघ स्वीडेनमा राज कुमार ओमशनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी (२०२१-०२३) कार्यकालको लागि ओमशनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । संघको आइसिसी सदस्यमा वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ निर्विरोध चयन हुनु भएको छ । त्यस्तै, उपाध्यक्षमा विजय प्रधान, महासचिवमा गंगा घिमिरे, सचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा […]

एसईईको नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा साउन मशान्तभित्र दिने तयारी गरेको हो । जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको कार्यालयले जानकारी दिएको छ । हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट […]

एनआरएनए हङकङको निर्वाचन कार्यतालिका सार्वजनिक

हङकङ । गैर आवासीय नेपाली संघ हङकङमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आगामी कार्यकालको लागि हुन लागेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त हेजेन राईद्धारा जारी विज्ञप्ती अनुसार जुलाई १७ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो १ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । यस्तै जुलाई […]

काठमाडौँ उपत्यकामा साउन १० गतेसम्म थपियो निषेधाज्ञा

काठमाडौँ। काठमाडौँ उपत्यकामा १० दिन निषेधाज्ञा थपिएको छ । बिहीबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । अबको निषेधाज्ञामा सबै प्रकारका पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ भने निजी र सार्वजनिक सवारीका साधनहरु पनि साबिककै अवस्थामा सञ्चालन गर्न पाइने छ।

मन्त्रिपरिषद् निर्णय : साउन ३ गते संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले साउन ३ गते दिउँसो ४ बजे संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजविन आयोगका पदाधिकारीको अवधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा […]

मन्त्रिपरिषद बैठक सुरु, राष्ट्रपतिसमक्ष संसद बैठक बोलाउन सिफारिस गर्ने तयारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी छ । यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।