काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा संसद् अधिवेशन आव्हानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी भएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले […]
काठमाडौँ । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भयो । आज बस्ने बैठकले लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा निर्णय गर्नेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका […]
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्दै हुनुहुन्छ ।अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्न लाग्नु भएको हो । उहाँ आजदेखि निजी निवास बालकोटमा बस्नु हुनेछ । ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकाल्ने एमाले कार्यकर्ताको […]
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्रभित्र सबैलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गर्नु भएको छ । मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय गरेको हो । बैठकले कानुनमन्त्री […]
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख […]
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहणका लागि शीतलनिवासमा पुग्नु भएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उहाँले सच्याउन भन्नु भएका छ । देउवाले विज्ञप्ती सच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी […]
काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने हुनु भएको छ । उहाँ काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएको छ । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई कानून मन्त्री बनाउनु भएको छ । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले […]