संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य र ऐतिहासिक: कांग्रेस

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्च अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य र ऐतिहासिक भएको बताउनुभएको हो । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आवेगमुक्त भएर संयमतापूर्वक […]

सर्वोच्च अदालतले निष्पक्ष फैसला गर्यो : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताउनु भएको छ । उहाँले फैसलाले लोकतान्त्रिक विधिको शासनलाई जोगाएको प्रतिक्रिया दिनु भएको हो । उहाँले अदालतले निष्पक्ष फैसला गरेको बताउनु भएको छ। सभापति देउवाले अदालतले संविधान विपरीत गरिएका कदमलाई सच्याएको बताउँदै अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गर्नु भयो । सर्वोच्च अदालतले आज […]

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको हो […]

एनआरएनए घानामा रोशन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन (सूचीसहित )

घाना। गैर आवासीय नेपाली संघ घानामा रोशन श्रेष्ठ अध्यक्षमा पुनः सर्वसम्मत चयन हुनु भएको छ । अफ्रिका क्षेत्रमा पर्ने घानामा श्रेष्ठ दोस्रो कार्यकालको लागि अध्यक्षयमा चयन हुनु भएको हो । श्रेष्ठसहित अधिकांश कार्यसमिति पनि सर्वसम्मत रुपमा चयन भएको छ । नयाँ कार्यसमिति अध्यक्ष : रोशन श्रेष्ठ उपाध्यक्ष : बालकृष्ण निरौला महासचिव : रोशन झा कोषाध्यक्ष […]

एनआरएनए लक्जेम्बर्गमा दोहोरियो पुरानै नेतृत्व, अध्यक्ष खत्रीसहितको कार्यसमिति निर्विरोध (सूचीसहित)

लक्जेम्बर्ग । गैर आवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत चयन हुनु भएको छ । खत्री दोस्रो कार्यकालको लागि निर्विरोध चयन हुनु भएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विश्व जीत थापा, सह–सचिवमा युद्धबहादुर थापा, कोषाध्यक्षमा नारायण प्रसाद दुवाडी, सहकोषाध्यक्षमा […]

प्रतिनिधिसभा विघटन मुद्दाबारे आज फैसला आउन सक्ने

काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला दिन सक्ने सम्भावना रहेको छ । दुबै पक्षको बहस सकिइसकेको मुद्दामा संवैधानिक इजलासले यसअघि असार २१ गते आजका लागि पेसी तोकेको थियो । रिट निवेदकको बहस, सरकारी वकिलको बहस, रिट निवेदकको जवाफी बहस र एमिकस क्युरीका सदस्यहरूको राय दिने प्रक्रिया सबै सकिइसकेकाले आजको इजलासबाट फैसला […]

अमेरिकाबाट १५ लाख डोज खोप आज नेपाल आइपुग्दै

काठमाडौँ । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख बढी डोज खोप आज नेपाल आइपुग्दैं छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप सोमबार नेपाल आइपुग्ने जनाइएको हो । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताउनु भयो ।