भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसको रुपमा मनाइदै

बोस्टन, अमेरिका । गैरआवासिय नेपाली सङ्घको भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितीले भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा – साहित्य दिवसको रुपमा मनाउदै यस बर्ष ” नेपाली भाषा साहित्यको बिश्वब्यापीकरणको अबस्था र चुनौती ” बिषयक बिचार गोष्ठीको आयोजना गर्दैछ । आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्मजयन्ती मनाउदै उक्त गोष्ठीमा नेपाली भाषा साहित्यको संसारका विभिन्न […]

एनआरएनए अमेरिका घटनालाई लिएर गम्भिर आरोप–प्रत्यारोप, अन्य एनसिसीहरुमा पनि लहरो तानीदैं (भिडियो रिपोर्ट)

न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिकाको १० औ वार्षिक साधारणसभाको क्रममा भएको घटनाले यतिखेर विश्वभरका गैर आवासीय नेपालीहरु तंरगीत बनेका छन् । नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउने विषयलाई लिएर भएको झगडाको भिडियोले समेत यतिबेला सामाजिक सञ्जाल तातेको छ । घटनापश्चात दुवै पक्ष एक आपसमा दोषारोपण गर्दै खरो रुपमा उत्रीएका छन् । अरु त अरु […]

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप भित्रीयो, २६ लाख बढीले लगाए पहिलो मात्रा

काठमाडौं। नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज कोरोना विरुद्ध खोप भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपमध्ये चीन सरकारले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ। भारतले सरकारलाई १० लाख र नेपाली सेनालाई एक लाख गरी ११ लाख डोज कोभिशिल्ड खोप अनुदान दिएको छ। कोभ्याक्स सुविधाअन्तर्गत थप तीन लाख ४८ हजार […]

विश्वभर कोरोनाका कारण ४० लाख बढीको मृत्यु,१८ करोड ५० लाख बढी संक्रमित

काठमाडौँ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । विश्वभर हालसम्म ४० लाख ९२९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका हुन् । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन । विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको जोन्स […]

हैटीका राष्ट्रपतिको गोली हानी हत्या

काठमाडौँ । हैटीका राष्ट्रपतिको गोली हानी हत्या भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति जोभेनल मोइसेको घरमा बुधबार अज्ञात हतियारधारीबाट गोली हानेर हत्या गरेका हुन । घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग […]

नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा २ हजार ९७९ थपिए, २८ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ७ […]

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसमबारे जानकारी दिँदै हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको जनाएको हो । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले […]