जर्मनीले हटायो नेपालको यात्रामाथिको प्रतिबन्ध

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण जर्मनीले नेपाली यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना महामारी र डेल्टा स्वरुपको सङ्क्रमण फैलिएको राष्ट्रहरुबाट जर्मनीले आगमन निषेध गरेको थियो । खोपको दोस्रो मात्रा लगाएकाहरुले क्वारेन्टिनमा समेत बस्नु नपर्ने जनाइएको छ । खोप नलगाएका यात्रुको हकमा भने १० दिन क्वारेन्टिनमा बस्नुपर्ने बताइएको छ । तर ५ औँ दिनमा […]

विदेशबाट फर्कनेलाई क्वारेन्टिन राख्न तोकियो ११० होटेल (सूचीसहित)

काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्न ११० वटा होटेल तोकेको छ । पर्यटन विभागका अनुसार क्वारेन्टिन राख्न विभागमा दर्ता भएका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि ११० होटेल तोकिएको हो ।  सरकारले निश्चित गन्तब्य तोकेर हवाई यात्रा खुला गरिसकेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा […]

संसद विघटनसम्बन्धी मुद्दामा बहस सकियो,अर्को पेशी असार २८ गते

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ । मुद्दाको अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ । रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोक्नुभएको हो । मुद्दाको फैसला सोही दिन आउने भएको छ । […]

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु, ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने काठमाडौं। स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शूरु भएको छ । ७६ मेगावाटका ६ युनिट टर्बाइन रहेको कुल ४५६ मेगावाट जडित क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन सुरु भएको हो। आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट स्वीच थिचेर भर्चुअल उद्घाटन […]

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५५ हजार नाघ्यो, कुन वर्ष कतिले लिए ?

न्यूर्योक । अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५५ हजार नाघेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या ५५ हजार नाघेको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । […]

माथिल्लो तामाकोशीले आजबाट बिजुली उत्पादन गर्ने, दिउँसो प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजबाट बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आयोजनाको पहिलो युनिटको […]

संसद विघटनविरूद्धको बहस आज सकिदैं, फैसलाबारे सवोच्चले आजै जानकारी दिन सक्ने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्धको बहस आज सकिँदै छ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् । उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमा अब दुई घण्टा मात्रै बाँकी छ । यो दुई घण्टामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नेछन् […]