लन्डन । बेलायत सरकारले ग्रयाजुएट इमिग्रेसन रुट औपचारिक रुपमा लागू गरेको छ । क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरि ल्याएको ग्रयाजुएट इमिग्रेसन रुट १ जुलाईदेखि औपचारिक रुपमा लागू गरिएको हो । ग्रयाजुएट इमिग्रेसन रुटमार्फत अब बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले दुई वर्ष र पिएचडी वा डक्टोरल गर्ने विद्यार्थीले तीन वर्षको वर्क परमिट (पिएसडब्लु) पाउने छन् । […]
काठमाडौँ । नेपाली कांग्रेस सम्बद्ध विश्वभरका जनसम्पर्क समितिले नेपाललाई १ करोड ३२ लाख सहयोग पठाएका छन् । कोभिड महामारीको रोकथाम तथा उपचार सहयोगका लागि विश्वभरका २७ जनसम्पर्क समितिले १ करोड ३२ लाख ३४ हजार ७८३ रकम नेपाललाई पठाएका हुन् । कोभिड रोकथाम एवं उपचारका लागि आर्थिक संकलन समितिका संयोजक तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द […]
काठमाडौं। नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र अब चाँडै नै खोप आइपुग्ने कम्पनीका उच्च अधिकारीले बताउनुभयो । तर उहाँले नाम उल्लेख गर्न […]
वीरगञ्ज । विगतका वर्षहमा जस्तो यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जले जनाएको छ । सरकार— सरकार बीच भएको रासायनिक मल खरिद गर्ने सम्झौता अनुसार बङ्गलादेशबाट ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आईसकेकाले यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो […]
हङकङ । ग़ैर आवासीय नेपाली संघ हङकङमा सदस्य संख्या उत्साहजन देखिएको छ । वर्तमान कोभिड-१९ का बीच पनि सदस्य संख्या उत्साहजन देखिएको हो । एनआरएनए एनसिसी हङकङ अध्यक्ष टिका गुरुङ (राधिका) का अनुसार नयॉं सदस्यताका लागि तोकिएको समयसीमा सकिएको छ । यो अवधिमा १ हजार ५८ जनाले सदस्यताको लागि आवेदन दिएका छन् । त्यसमध्ये ९८० […]
मस्कट । ओमानमा कोरोनाको संक्रमणदर बढ्न थालेपछि नेपाली दूतावास ओमानले नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ । नेपाली दूतावास ओमानले सार्वजनिक सुचना जारी गर्दै कोरोनाको दर बढ्दो रहेकाले जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवं रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न ओमानमा रहेका नेपालीहरुलाई आग्रह गरेको हो । हालसम्म ओमानमा कोरोनाको कारण ५ जना […]
काठमाडौं । करिव दुई महिनादेखि ठप्प आन्तरिक हवाई उडान बिहीबारदेखि सञ्चालनमा आएको छ । भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसके पनि ५० प्रतिशत उडानमा विमान कम्पनीहरुले सेवा प्रवाह गरेका छन् । सबैभन्दा बढी उडान पाएको बुद्ध एयरले ३१ वटा उडानबाट ३८ सय यात्रुले यात्रा गर्न सक्ने भए पनि बिहीबार ३५ सय मात्र बुकिङ […]