ओमानमा अलपत्र नेपाली नागरिकलाई सम्पर्कमा आउँन राजदूतावासको आग्रह

मस्कट । नेपाली राजदूतावास मस्कटले ओमानमा अलपत्र नेपाली नागरिकलाई सम्पर्कमा आउँन सूचना जारी गरेको छ । राजदूतावासले एक सूचना जारी गर्दै सम्पर्कमा आउँन भनेको हो । राजदूतवासले डिपोर्टेशन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भई स्वदेश फिर्ताको क्रममा रहेका र विदेशमा अलपत्र परेका नेपालीहरूलाई नेपाल सरकारले तोकेको क्वारेन्टिनमा राखिने भएकाले ‌ओमानमा त्यस्तो समस्यामा परेका तथा स्वदेश फर्कन […]

दुई महिनादेखि ठप्प आन्तरिक उडान पुनः सञ्चालन, खराब मौसमका कारण उडान भने प्रभावित

काठमाडौँ । कोरोनाको दोस्रो लहर फैलिएसंगै बन्द गरिएको आन्तरिक नियमित उडान पुनः सुचारु भएको छ । बिहीबारबाट सञ्चालन भएको आन्तरिक नियमित उडान झण्डै दुई महिना बन्द भएको थियो । उडान सुरु भएपनि मौसम प्रतिकूलताका कारण भने प्रभावित भएको छ । भिजिबिलिटी प्रष्ट नहुँदा उडान निर्धारित समयमा हुन नसकेको वायुसेवा कम्पनीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय […]

जापानबाट नेपाल जान चाहने यात्रुहरूले यी शर्त अनिवार्य पालना गर्नुपर्ने

टोकियो । नेपाली राजदूतावास टोकियोले जापानबाट नेपाल जान चाहने यात्रुहरूले ७ बुँदे अनिवार्य पालना गर्नुपर्ने सूचना जारी गरेको छ । राजदूतावास टोकियोले एक विज्ञप्ति जारी गर्दै पालना गर्नुपर्ने नियमहरुबारेमा जानकारी गराएको हो । राजदूतावासले जारी गरेको विज्ञप्ति अनुसार हवाई यात्राको लागि चेक इन गर्नु अघि मान्यता प्राप्त कोभिड-१९ परीक्षणशालाबाट जारी पछिल्लो स्याव लिएको ७२ घन्टाभत्रिको […]

रोयल वेस्टर्न क्लबको आयोजनामा किड्स सकर तालिमको उद्घाटन समारोह सम्पन्न

मेलबोर्न । अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित रोयल वेस्टर्न क्लब अन्तर्गत किड्स सकर तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ । १६ राल्फ स्ट्रिट, सनसाइन वेस्टमा अबस्थित वेस्टर्न सबअर्बस सकर क्लबको हलमा रोयल वेस्टर्न क्लबको आयोजनामा सम्पन्न उद्घाटन समारोहमा क्लबका सल्लाहकार, कार्य समितिका सम्पूर्ण सदस्यहरु, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, क्लबका नियमित स्पन्सरहरु, मिडिया प्रतिनिधि, अभिभाबकहरु, स्वयंसेवक लगायत […]

एनआरएनए कोरियाको अधिवेशन तयारी तीब्र, निर्वाचन १८ तारिखमा हुने

सियोल। गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाले अधिवेशनको तयारी तीब्र पारेको छ । एनआरएनए एनसिसी कोरियाको यही जुलाई ४ तारिखमा हुन गइरहेको ९ औं अधिवेशनको तयारी तीब्र पारिएको हो । एनआरएनए एनसिसी कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले अधिवेशनको तयारी तीब्र पारिएको बताउनु भयो । अन्य एनसिसीहरुले पहिला निर्वाचन सम्पन्न गर्दै अधिवेशन गरिरहँदा कोरियाले भने पहिला अधिवेशन […]

एनआरएनए साउदीमा बने अहिलेसम्मकै सबैभन्दा धेरै सदस्य

साउदी अरव । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबमा अनलाइन सदस्यताको लागि तोकिएको समयसिमा समाप्त भएको छ । अनलाइन सदस्यताका लागि निर्धारित मिति ३० जुन भित्र जम्मा ३ हजार ६ सय ७४ जनाले अनलाइन सदस्यताका लागि आवेदन दिएका छन् । यो संख्या एनआरएनए साउदी अरबको अहिलेसम्मकै उच्च हो । सदस्यताका लागि आवेदन […]

सरकारले विश्व बैंकबाट १७ अर्ब ऋण लिने

काठमाडौँ। सरकारले विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने करिब १७ अर्ब १७ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सो ऋण प्राप्त गर्नेसम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ । सम्झौता पत्रमा हस्ताक्षरका लागि मन्त्रालयका सचिव वा सहसचिव, अन्तर्राष्ट्रिय सहायता […]