सेफको आँखामा दही चिउरा र धान दिवस

सेफ प्रेमलाल घिसिङ नेपालका विभिन्न चाडपर्व र दिवसहरु धार्मिक र सांस्कृतिक दृष्टिकोणले मात्र होइन, व्यवहारिक जीवन शैलीको परिप्रेक्ष्यमा पनि ज्यादै मेल खाएका हुन्छन् । मौसम र भौगोलिक अनुरुप उब्जिने, फल्ने, गाँजिने, पाक्ने अन्न, फलफूल, गेडागुडी, सागपात आदि खाद्य पदार्थहरु विभिन्न समुदायले आफ्नै किसिमका परिकारहरु बनाई, सजाई र उपभोग गरी चाडपर्वहरु मनाउने गर्छन् । प्रकृतिले प्रदान […]

शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही

काठमाडौं। सरकारले शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क लिएर खोप लगाउनेमाथि कारबाही गर्ने चेतावनी दिनु भएको हो । मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेको छ। ‘सरकारले कोरोना भाइरस विरुद्धको खोप […]

नेपालमा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो […]

काठमाडौं उपत्यकामा जोर–बिजोरका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाउँदै असार २१ गतेसम्मका लागि लम्बाइएको हो । बैठकले सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका […]

ग्लोबल गोरखा समाजले पठाएको ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रम सम्पन्न

गोरखा । प्रवासमा रहेका गोरखालीहरुको अभिभावक संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्थानीय तहहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।  समाजले करिब ७० लाख बराबरको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । मातृभुमी नेपालमा अक्सिजन अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले सहयोग गरिएको […]

नेपालमा दुई करोड १७ लाखलाई खोप आवश्यक पर्ने, खोप ल्याउन सबै प्रयास जारी

काठमाडौँ  । नेपाल यतिबेला कोरोना भाइरसको दोस्रो लहरको सङ्कटसँग पौँठेजोरी खेलिरहेको छ । नेपालको संविधानले मौलिक हकका रूपमा सहज जीवन अधिकारसँग सम्बन्धित धेरै प्रकारका हक नागरिकलाई प्रदान गरेको छ । सोहीअनुसार सङ्कटका घडीमा नेपाल सरकार कोरोना सङ्क्रमणबाट जनताको जीवनरक्षाको विविध उपायका लागि प्रयास पनि गरिरहेको छ । कोरोनाविरुद्धको खोप नागरिकको जीवनरक्षाकोे भरपर्दो र दीर्घकालीन कवच बनेको छ । नेपालका […]

माथिल्लो तामाकोशी जलविद्युत आयोजना: सुरुङ परीक्षण सफल, आगामी हप्ता ७६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने

चरिकोट। विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ परीक्षण सफल भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाख १६ गतेबाट मुख्य सुरुङमा पानी पठाएर परीक्षण सुरु गरेकोमा आइतबार विहान परीक्षण सफल भएको हो । सुरुमा इन्टेक कल्भर्ट र बालुवा थिग्रयाउने पोखरीमा पानी भरेर […]