एनआरएनए अष्ट्रेलिया बन्यो अमेरिका पछिको दोस्रो ठूलो एनसिसी, सदस्य संख्यामा उल्लेख्य वृद्धि

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको छ । एनआरएनए अष्ट्रेलियाले १६ हजार १७८ जना सदस्य बनाउँदै सदस्य संख्याको आधारमा अमेरिका पछिको दोस्रो ठूलो एनसिसी बन्न सफल भएको हो । अमेरिकामा २० हजार १३९ जना सदस्य छन् । एनआरएनएका विश्वभर ८० भन्दा बढी एनसिसी छन् । […]

कोरोना उपचारमा खटिएका चिकित्सकमाथि कुटपिट

दोलखा। तामाकोसी गाउँपालिका–४ मालु स्थित कोभिड १९ अस्थायी अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । कोभिड बिरामीहरुको उपचार गराइरहेका डाक्टर रोविश कार्की र कार्यालय सहायक टोपबहादुर मिजारलाई स्थानीय युवाहरूले निर्घात कुटपिट गरेका हुन । डाक्टर कार्कीले गत बैशाखदेखि कोरोना संक्रमितको मात्रै उपचार गराइरहेको सो अस्पतालमा तामाकोसी गाउँपालिका वडा–४ का स्थानीय युवाहरु गोपाल तिमल्सिना, रोशन पोखरेल, […]

उपत्यकाको निषेधाज्ञा अझै एक साता थपिने

काठमाडौं– कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर जारी निषेधाज्ञा अझै थपिने भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका ७५ जिल्लामा जारी निषेधाज्ञा अझै एक साता थपिने भएको हो। सार्वजनिक यातायातका साधन सञ्चालनका लागि व्यवसायीहरुले ध्यानाकर्षण गराउँदै आएको भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘आग्रहअनुसार’ तत्कालै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न नसकिने गृह मन्त्रालयले जनाएको छ […]

एनआरएनए यूकेको अध्यक्ष पदमा यसकारण मेरो उम्मेदवारी

दीपक श्रेष्ठ- अध्यक्ष प्रत्यासी, एनआरएनए युके (२०२१-०२३) अहिले हामी बेलायतबासी नेपालीहरुको अभिभावक संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महाधिवेशनको संघारमा छौं । आगामी दुई वर्षको लागि संस्थामा सबल, सक्षम र गतिशिल नेतृत्व चुन्ने र चुनिने प्रक्रियामा अगाडि बढिरहेका छौ । यसअवधिमा हामीले सदस्यता लिने काम सम्पन्न गरिसकेको छौ । निर्वाच्नमा सहभागि बन्नका लागि यहाँहरुले […]

बर्खे अधिवेशनका लागि संसद् सचिवालयले थाल्यो तयारी

काठमाडौँ । राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले तयारी सुरु गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेपछि संसद् सचिवालयले बैठकको तयारी गर्न लागेको हो । कोरोनाको नयाँ भेरियन्टका कारण जोखिम भइरहेकाले त्यसलाई ध्यानमा राख्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको छ । गत पुस १७ […]

संसद विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने

काठमाडौँ । संसद विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने भएको छ । संवैधानिक इजलासमा सुनुवाइ भइरहेको रिटमा निवेदक पक्षलाई दिइएको १२ घण्टाको समयअनुसार आज निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस भएपछि सकिने भएको हो। आज निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मका समय तोकिएको छ । आज रिट निवेदक पक्षबाट […]

एनआरएनए मोबाइल ब्लड बैंक बसका लागि साढे ३५ लाख सहयोगको प्रतिबद्धता, कसको कति ?

काठमाडौं । सुदुर पश्चिम प्रदेशमा एनआरएनएको दोस्रो मोबाइल ब्लड बैंक बसका लागि हालसम्म साढे ३५ लाख सहयोगको प्रतिबद्धता आएको छ । करिब ६१ लाख लागत पर्ने सो बस अभियानमा हालसम्म ३५ लाख ४७ हजार ६ सय १० रुपैयाँको प्रतिबद्धता आएको हो । बस  खरिद प्रक्रिया अगाडि बढाए पनि रकम अझै अपुग भएकाले सहयोग अभियान जारी […]