एनआरएनए बेल्जियमद्धारा नेपाललाई २२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले नेपालका विभिन्न अस्पतालहरुलाई २२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । एनआरएनए आईसीसीले अगाडी सारेको ‘अक्सिजन पठाऔं, आफन्त जोगाऔं’ अभियान अन्तरगत एनआरएनए बेल्जियमले २० लाख रुपैया बराबरका अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । नेपालका बिभिन्न जिल्लाहरुबाट आएको मागअनुसार २२ थान मेसीनहरु वितरण गरिएको अध्यक्ष चित्र सुवेदी र […]

युरो कपको अन्तिम १६ मा कुन कुन टिम भिड्दै ?

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो । समूह चरणको खेल सकिएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने टोलीको समेत टुंगो लागेको छ । नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष […]

फ्रान्स समूह विजेता, पोर्चुगल नकआउट चरणमा

एजेन्सी । फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे […]

स्थानीय तहहरुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै

काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आज प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने केहीले आज पेस गर्न लागेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको […]

एनआरएनए अफ्रिकाको सहयोग अभियान जारी, पर्सागढीमा पनि अक्सिजन सिलिन्डर सहयोग

पर्सागढी, पर्सा । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा रहेको पर्सागढी नगरपालिका वार्ड नम्बर ४ स्थित कोभिड अस्पताललाई एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहयोग अभियानले अक्सिजन सिलिन्डरहरु र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण भएको छ । पर्सागढी नगर पालिकाका मेयर लोकनारायण यादबलाई हस्तान्तरण गरेको छ । उक्त सहयोग एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितीहरुको तर्फबाट एनआरएनए नाइजेरियाका उपाध्यक्ष रोहित […]

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजबाट निरन्तर सुनुवाई

काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो । सर्वोच्चको संवैधानिक इजलासले जेठ २७ गते बुधबारदेखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो । विघटनको एक महिनापछि अन्तिम सुनुवाइ प्रारम्भ हुन लागेको हो […]

ग्लोबल गोरखा समाजले वितरण गर्‍यो ४० थान अक्सिजन कन्सनट्रेटर

गोरखा । ग्लोबल गारखा समाजले गोरखाका विभिन्न स्थानीय तहहरुका ४० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । सोमबार गोरखामा आयोजित एक औपचारिक कार्यक्रमका बीच ती अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारसहितको टोलीले ती अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नु भएको हो ।  विश्वभरि रहेका गोरखाबासी नेपालीहरुबाट रकम संकलन गरि समाजले केहि […]