मेरो मनको अन्तस्करणमा छचल्किएको मेरो देश

हेमराज भट्ट अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलस अन्तराष्ट्रिय बिमान स्थलबाट कतार एअरको नियमित उडानद्धारा दोहा हुदै दोहाबाट हामी नेपालीहरुको पहिचान र राष्ट्रिय गौरव झल्काउने नेपाल एअरलाईन्सको राष्ट्रिय ध्वजाबाहक जेट बिमानमा चढी भर्खरै मात्र निर्माण कार्य सम्पन्न भई संचालनमा आएको बारा जिल्लाको निजगढ अन्तराष्ट्रिय बिमान स्थलसम्मको मेरो हवाई यात्रा तय भयो। हवाई यात्रा निकै लामो भएकाले […]

कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियालगायतका देशहरुमा हवाई उडान शूरु गर्ने निर्णय

काठमाडौं । कोरोना व्यवस्थापन निर्देशक समितिले नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाई उडान सुरू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार बालुवाटारमा बसेको बैठकले कतार, साउदी अरेबिया, जापान, मलेसिया लगायतका मुलुकमा पुनः हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । यी देशहरूबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी […]

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । गुरुङले असंख्य शुभचिन्तकहरुको आग्रह, विश्वास र भरोसा अनि समाजसेवाप्रतिको आफ्नो उत्कट चाहनालाई परिपूर्ति गर्ने उद्धेश्यले एनआरएनए अष्ट्रेलियाको आसन्न निर्वाचन २०२१–२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको उहाँले बताउनु भयो । ‘सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै […]

एकै रातको बाढीले मेलम्ची बजार बगरमा परिणत

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ । मङ्गलबार साँझ हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेड वक्र्समाथि पहिरो गई नदी थुनिएर सुरु भएको बाढीले हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका ३ को भोताङको लार्केबाट पनि सोही समयमा बाढीको बहाव सुरु भएको […]

बाढीपहिरोबाट तीन अर्बको भौतिक क्षति, २६ विद्युत् आयोजना प्रभावित

काठमाडौँ । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा […]

अझै केहीदिन अविरल वर्षा हुने, सचेत हुन आग्रह

काठमाडौ । आगामी तीन दिन सम्म अविरल वर्षा हुने भएको छ । मनसुन शुरु भएलगत्तै अविरल वर्षा भैरहेको छ । यो क्रम अझै केहीदिन जारी रहने अनुमान गरिएको छ । असार पहिलो दिन देखि नै शुरु भएको मनसुन यसपटक विगतमा भन्दा फरक देखिएको छ । मनसुन शुरु भएसंगैको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा […]

पछिल्लो २४ घण्टामा २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो। मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना […]